मोडर्नाको भ्याक्सिन ९५ प्रतिशत सफल

काठमाडौं। अमेरिकी कम्पनी मोडर्नाको भ्याक्सिन परीक्षणको सुरुआती नतिजाले ९५ प्रतिशत सुरक्षित रहेको छ। केही दिनअघि फाइजर कम्पनीले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित रहेको जानकारी दिइएको थियो। मोडर्नाको भ्याक्सिन कोरोना महामारी अन्त्य गर्न सहयोगी बन्ने अपेक्षा बढेको छ।

केही सातापछि मोडर्नाले आफ्नो भ्याक्सिन प्रयोग गर्नका लागि अनुमति माग्ने बताएको छ। यसलाई कम्पनीले ऐतिहासिक दिनको संज्ञा दिएको छ। यद्यपि, यो सुरुआती चरण हो र अझै भ्याक्सिनको सुरक्षा र असरका बारेमा प्रश्न बाँकी नै छ।

यो भ्याक्सिनको परीक्षण ३० हजार जनामा गरिएको थियो। यसमध्ये आधा मानिसलाई चार साताको अन्तरमा भ्याक्सिनको दुई डोज दिइएको थियो। आधालाई डमी इन्जेक्सन दिइएको थियो। कम्पनीले प्रस्तुत गरेको विश्लेषण ९५ जनामा आधारित रहेको र तिनमा कोभिड–१९को लक्षण देखिएको थियो।

भ्याक्सिन परीक्षण गरिएको मध्ये ९४.५ प्रतिशत सफल भएको कम्पनीले बताएको छ। मोडर्नाका चिफ मेडिकल अफिसर टेल जेक्सले बीबीसीसँग भने, ‘‘भ्याक्सिनको सम्पूर्ण प्रभाव शानदार देखिएको छ।’’

‘‘जब नतिजा आयो तब मेरो अनुहारमा विशाल मुस्कान उत्पन्न भयो,’’ कम्पनीका प्रेसिडेन्ट डा. स्टिफन होगले भने, ‘‘हामीमध्ये कसैले पनि सोचेका थिएनौं कि ९४ प्रतिशत सफलता मिल्ने छ। यो गज्जबको कुरा हो।’’

भ्याक्सिनको सफलता मानिसको उमेर र बासस्थानमा निर्भर रहने कम्पनीले बताएको छ। मोडर्नाले आगामी केही सातामा भ्याक्सिन प्रयोगका निम्ति स्वीकृति लिन आवेदन दिने बताएको छ। अमेरिकाका लागि कम्पनीले दुई करोड डोज उपलब्ध गराउने छ।

कम्पनीले संसारभर नै भ्याक्सिन उपलब्ध गराउने उद्देश्यसहित आगामी वर्ष एक अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ। अन्य देशसँग पनि उत्पादन सहकार्य गर्ने बताइएको छ।

बेलायतले आगामी वर्षको मार्च महिनासम्ममा २५ लाख मानिसले मोडर्नाको भ्याक्सिन उपयोग गर्न पाउने आशा गरेको छ। बेलायतले सर्वप्रथम ज्येष्ठ नागरिकलाई भ्याक्सिन उपलब्ध गराउनका लागि गृहकार्य थालिसकेको छ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्