काठमाडौं। कोरोना संक्रमणबाट दुई जना डाक्टरहरूको ज्यान गएको छ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको हो।
डा. झाको आज बिहान र डा. थापाको गएराति ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उनीहरूको निधनले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो क्षति पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमण भएर शिक्षण अस्पतालमा भर्ना भएको डा. झाको उपचारकै क्रममा निधन भएको हो। डा. झालाई सबै खालका उपचार गर्दा पनि सुधार हुन नसकेको चिकित्सकहरुले बताएका थिए।
उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या एक हजार २३० जना पुगेको छ।
" /> काठमाडौं। कोरोना संक्रमणबाट दुई जना डाक्टरहरूको ज्यान गएको छ।त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इसान हस्पिटलका अध्यक्ष नारायणबहादुर थापाको ज्यान गएको हो।

">