काठमाडौं। कोरोना महामारीका बीच यो वर्षको तिहार मनाइरहेका छौं। तिहारको अन्तिम दिन आज भाइटीका, दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएर भाइटीका मनाइँदै छ।
कोरोना महामारीका कारण तिहार हर्षोल्लासका साथ मनाउन पाइएको छैन। कलाकारहरुले समेत भाइटीका सामान्य तरिकाले मनाएका छन्। कोरोनाका कारण उनीहरुले पनि तिहार खुलेर मनाउन सकेका छैनन्।
अभिनेत्री करिश्मा मानन्धरले यसपालि भाइटीका लगाइनन्। उनका दाइको गत महिना निधन भएकाले उनले यसपालि टीका लगाइनन्।
त्यस्तै, भर्खरै कोरोना संक्रमणमुक्त भएका हास्य कलाकार मनोज गजुरेलले पनि टीका लगाएनन्। मनोजले गत वर्षको टीकाका तस्बिर सेयर गर्दै सम्पूण दिदीबहिनीलाई भाइटीकाको शुभकामना दिएका छन्।
भर्खरै कोरोना संक्रमणमुक्त भएका वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले आफ्नो दिदीबहिनीको हातबाट टीका लगाएका छन्। दुई दिदीबहिनीको हातबाट टीका थापेका हरिवंशले मुखमा मास्क लगाएका फोटो सामाजिक सञ्जामा सेयर गरेका छन्।
तीनै जनाले मुखमा मास्क लगाएर भाइटीका लगाएका थिए। टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै हरिवंशले लेखेका छन्, कोरोना तैँले दिदीहरूसँग फोटो खिच्दा पनि नाकमुख छोप्न पर्ने बनाइस्, तँलाई भ्याक्सिन हान्ने दिन कहिले आउँला?
त्यस्तै, कलाकार सीताराम कट्टेल धुर्मुस, केकी अधिकारी, पल शाह, गायक पशुपति शर्मा, अभिनेत्री श्वेता खड्का, दीपाश्री निरौला, दीपकराज गिरीलगायतका कलाकारले पनि भाइटीका लगाएका हुन्।
कोरोना महामारीका कारण अधिकांश कलाकारले काठमाडौंमै टीका लगाएका छन्। केही कलाकार भने आफ्नो माइती तथा गाउँघरमा गएर टीका लगाएका छन्।
" />