पाँचथर। मुलुकको सुदूरपूर्वी भेगमा बसोबास गर्ने लिम्बू समुदायले हर्षोल्लासपूर्वक वलिहाङ तङ्नाम मनाइरहेका छन्।
हिन्दू नेपालीहरूले रमझमको पर्व तिहार मनाइरहँदा लिम्बू समुदायले भने याक्थुङ (लिम्बू) पात्रोअनुसार वलिहाङ तङ्नाम मनाउँदै आएका हुन्।
किरात मुन्धुम अनुसार त्रिकालदर्शी राजा वलिहाङ मुत्यु शय्यामा पुगे पनि प्रजाहरूले तागेरा निङ्वाभुमाङ (इष्टदेवी) सँग कठोर प्रार्थना गर्दा बाँचेको पाएपछि उनकै दरबारमा प्रजाहरूले हर्षबढाइँ गरेको र गाउँ-गाउँमा पुगेर राजा वलिहाङ बाँचेको सन्देश दिएको कथनका आधारमा वलिहाङ तङनाम मनाउन थालिएको प्रसङ्ग छ।
प्रजाहरूले कठोर प्रार्थना भने कात्तिक महिनाको औंशी तिथिको साँझमा सरसरफाइसँगै दीपावली गरेर तागेरा निङ्वाभुमाङसँग गरेको बताइन्छ।
लिम्बू संस्कृतिका जानकारसमेत रहेका लिम्बू प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगूले वलिहाङले आफ्नो मृत्यु समयबारे प्रजाहरूलाई थाहा दिएपछि प्रजाहरू प्रार्थनामा बसेको प्रसङ्ग मुन्धुममा रहेको बताए।
“वलिहाङ राजा एकपटक अत्यन्तै बिरामी परेर मुत्यु शय्यामा पुगेको बेलामा उहाँका प्रजाहरू कठोर प्रार्थना गर्दै पूजा गरिरहेका थिए, संयोगबस उहाँ (वलिहाङ) बाँच्नुभयो,” मुन्धुमी कथा सुनाउँदै जबेगूले भने, “उहाँ बाँचेपछि हाम्रो देशभर म वलिहाङ मरे भनेर चिन्ता लिँदै होलान्, चिन्ता लिने सबैलाई गाउँ-गाउँमा गएर म बाँचेको कुरा सबैलाई सुनाइदिनू भनेर आदेश दिएपछि वलिहाङको आदेशले हामी आएका हौं भन्दै घरघरमा लारिङ्गेक, नाम्लिङगेक खेल्ने, ताम्राङ्गे र तङ्गेके खेल्ने चलन भएको बुढापाकाहरू बताउँछन्।”

लिम्बू गाउँका मानिसहरू घरघरमा पुगेर बिहान ‘नाम्लिङ्गे’ भन्ने गरेका छन्। राति भने घरघर पुगेर ‘लारिङ्गे’ भन्ने गरेका छन्। जो वलिहाङ बाँचेको सन्देश दिने सन्दर्भमा भन्ने गरिन्छ। जतिबेला केः (च्याब्रुङ) बजाउनु अनिवार्य मानिन्छ।
यसरी अन्ततः यो घटनाक्रम नै वलिहाङ तङनाम (पर्व) को रूपमा विकसित भएको मुन्धुमका व्याख्याताहरू बताउँछन्।
मुन्धुममा वर्णित कथनअनुसार वलिहाङ परापूर्वकालमा तत्कालीन लिम्बुवान क्षेत्रका राजा थिए। जो प्रतापी, ज्ञानी, शक्तिशाली, लोकप्रिय र त्रिकालदर्शी थिए। उनले आफ्नो मृत्यु समयबारे थाहा पाएका थिए।
वलिहाङ तङनाम कृतिका लेखक तथा लिम्बू भाषा, संस्कृतिका अध्ययेता हरिचन्द्र लावती यो तङनाम चार दिन मनाउने गरिएको बताउँछन्।
हिन्दू धर्मशास्त्रअनुसार मनाइने तिहारमा चेलीबेटीले माइतीलाई टीकासँगै फूलको माला पनि लगाइदिने चलन छ। यद्यपि, किरात मुन्धुमअनुसार फूललाई जीवनको प्रतीक मानिन्छ। र, लिम्बू जातिमा कुनै पनि तङनामहरूमा चेली र माइतीबीच फूल आदानप्रदान गर्न मिल्दैन।
थिगसिगेकयेनमा ताम्बुमाङको सेवा गर्ने, घरगाउँमा रहेको सार्वजनिक स्थलहरूको सफाइ र निसिगेकयेनमा पाल्तु जीवहरूको पूजा गर्ने चलन गरेको लावतीको भनाइ छ।
सुम्सिगेकयेन अर्थात् लासिबा (औंशीं) को दिन भने लिम्बू समुदायका मानिसहरूले घरघरमा लासेमी नाम्सेमी (दियो) बाल्दै माङहिम (मन्दिर) मा गएर पृथ्वी, सूर्यलगायत ब्रम्हाण्डका सबै ग्रहहरूको पूजा गर्ने र लारिङगे खेल्ने चलन छ। जुन दिन आज (आइतबार) हो। आज रातिदेखि लारिङगे खेल्ने गरिन्छ।

लिसिगेकयेन अर्थात् वलिहाङ तङनामको चौंथो दिन चाहिँ प्रतिपदाको दिन पर्छ। यो दिन हिन्दू नेपालीहरूले चेलीको हातदबाट माइतीले टीका लगाउँदा लिम्बू समुदायका मानिसहरू भने वलिहाङले अवतार लिएर आयो भन्दै नाम्लिङगेक खेल्ने चलन रहेको लावती बताउँछन्।

झट्ट हेर्दा तिहारसँग मेला खाएजस्तो देखिए पनि यो पर्वको छुट्टै ऐतिहासिक पृष्ठभूमिसहितको कथन छ। यो पर्वमा लिम्बू समुदायका मानिसहरूले तिहारमा जसरी भाइटीका लगाउने गर्दैनन्।
" /> पाँचथर। मुलुकको सुदूरपूर्वी भेगमा बसोबास गर्ने लिम्बू समुदायले हर्षोल्लासपूर्वक वलिहाङ तङ्नाम मनाइरहेका छन्।हिन्दू नेपालीहरूले रमझमको पर्व तिहार मनाइरहँदा लिम्बू समुदायले भने याक्थुङ (लिम्बू) पात्रोअनुसार वलिहाङ तङ्नाम मनाउँदै आएका हुन्।

">