आज एकै दिन २ हजार ७९८ संक्रमितले कोरोनालाई जिते
<p>काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप दुई हजार ७९८ जना निको भएका छन्। </p>
<p>गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। </p>
<p>यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या एक लाख ७३ हजार ४३० पुगेको छ। </p>
<p>गत २४ घण्टामा थप एक हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नौ हजार ७७६ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
