काठमाडौं। कोरोना भाइरस संक्रमणको कारण यो साता विदेशमा थप ८ जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो।
विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली संख्या २ सय ९३ जना पुगेको संघले जनाएको छ।
संघका अनुसार, विश्वका ४४ देशमा ४५ हजार ४ सय ३९ जना नेपालीमा कोराना संक्रमण देखिएको छ। ती मध्ये ४१ हजार ४ सय ३९ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्। विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार बेलायत, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अबरमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ।
नेपाल भित्र हालसम्म २ लाख ६ हजार ३ सय ५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये १ लाख ६८ हजार १ सय २९ जना कोरोना मुक्त भएका भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव ५ प्रतिशत रहेको छ। शनिवार साँझ सम्म नेपालमा १ हजार २ सय २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरेको छ। समितिका संयोजक डा. सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन समेत सबैलाई अनुरोध गरेका छन्।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको कारण यो साता विदेशमा थप ८ जना नेपालीको मृत्यु भएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण ८ जना नेपाली ज्यान गएको हो।

">