काठमाडौँ। गत वर्षझैँ यस वर्ष पनि तिहार पर्वमा तिथि विवाद भएसँगै कार्तिक कृष्ण औँशीका दिन मनाइने लक्ष्मीपूजा फरक-फरक दिन मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत गरिएको पात्रोलाई नै मानी प्रायः समूहले आज शनिबार लक्ष्मीपूजा मनाउँदै छन्। तर केही समुदायले भने परम्पराअनुसार भोलि आइतबारका दिन मात्र लक्ष्मीपूजा मनाउने भएका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत पात्रोअनुसार कार्तिक २९ गते शनिबार तदनुसार १४ नोभेम्बरका दिन दर्शश्राद्ध, नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा, दीपमालिका र सुखरात्रि पर्व लेखिएको छ। लक्ष्मीको पूजा रात्रिकालमा नै गरिने भएकोले रात्रिमा शुद्ध औँशी तिथि रहेको समयमा नै लक्ष्मीपूजा गर्नुपर्छ भन्ने ज्योतिषशास्त्रीहरूको मत रहेको छ। शनिबार दिउँसो १:४९ मा चतुर्दशी तिथि समाप्त भई त्यसउपरान्त औँशी तिथि लागेको छ। औँशी तिथि आज शनिबार रातभर र भोलि कार्तिक ३० गते आइतबार बिहान ११:२७ बजेसम्म रहेको छ।
तर परम्पराअनुसार निर्देशन पाइन्छ– लाग्दो तिथि, छोड्दो व्रत। अर्थात्, जुन दिन तिथि सुरु हुन्छ वा लाग्छ, त्यो दिन श्राद्धादि कर्म गर्नू र जुन दिन तिथि समाप्त हुन्छ वा छोड्छ, त्यो दिन व्रत, पर्व तथा उत्सव कार्य आदि गर्नू। यसअनुसार केही समूहहरूले लक्ष्मीपूजाको पर्व भोलि आइतबार अर्थात् औँशी तिथि छोड्ने दिन मात्र मनाउन लागेका हुन्। यस्तै, जन्मदिन कार्य पनि छोड्ने तिथिमै मात्र गरिन्छ, अर्थात् लक्ष्मीपूजाकै दिन जन्मदिन मनाउनेहरूले शुद्ध रूपमा भोलि आइतबार नै जन्मदिन मनाउनुपर्ने हुन्छ।
केही परम्पराअनुसार कुकुर पूजा गरेको दिन लक्ष्मी भित्र्याउन मिल्दैन। केहीले यस नरक चतुर्दशीका दिन घरका अँध्यारा भुइँ तल्लामा (चलनअनुसार भुइँ तल्लाका शौचालयमा) दीप चढाउने गर्दछन्। यो कार्यपछि लक्ष्मी भित्र्याउने नहुने चलन पनि छ। यस्तै, अर्को परम्पराअनुसार नरक चतुर्दशीको पूजा रात्रिकालमा गरेपछि अबेर गरी लक्ष्मी भित्र्याउन मिल्दैन। यसर्थ, यी परम्पराका अनुयायीहरूले भने चतुर्दशीको दिन शनिबार लक्ष्मीपूजा नगरी आइतबार मात्र लक्ष्मीपूजा गर्न लागेका हुन्।
यसरी फरक-फरक दिन मनाइनुलाई कुनै गल्ती नठानी देश, कालअनुसार परम्पराको स्वाभाविक भिन्नता मानेर पर्व मनाउनु उचित हुन्छ।
विशेषतः शक्तिका सान्निध्यमा बसेकाहरूले शुद्ध कालमै साइतअनुसार धार्मिक कार्य गर्नुपर्ने मान्यता छ। यसअनुसार रात्रिकालमा शुद्ध औँशी तिथि रहँदै लक्ष्मीपूजा गर्नुपर्ने ज्योतिषीय मान्यता छ र यसैअनुसार प्रायःले आज शनिबारै लक्ष्मीपूजा मनाउन लागेका हुन्। शास्त्रअनुसार यसो गर्न सकिए उत्तम पनि मानिन्छ।
लक्ष्मीपूजालाई यसरी विशुद्ध रात्रिकालको पूजा मात्रै गरी हेर्न नमिल्ने र यसलाई बिहानैदेखिको कर्मसँग जोड्नुपर्ने मत पनि छ। बिहानको स्नानादि कर्म, घरमा लिपपोत गर्ने, लक्ष्मी भित्र्याउनका लागि गरिने अन्य सरसफाइ वा शुद्धी सबै पूजाकै प्रक्रियामा हेर्ने हो भने शुद्ध औँशी रात्रिकालमा पूजा गर्नुपर्ने भन्ने शास्त्रीय वचनअनुरूप चल्न सकिँदैन।
.jpg)
सूर्योदयको तिथिलाई अहोरात्र मान्ने अर्को परम्परा पनि पाइन्छ। अर्थात्, सूर्योदयका बेलामा जुन तिथि छ, त्यसैलाई नै दिनभर र अहोरात्र मान्ने पनि गरिन्छ। नेपालमा अझ विशेषतः काठमाडौँ उपत्यकाका नेवाः समुदायमा यस्तो चलन अझै पनि रहिआएको छ। वैदिक ज्योतिषीय परम्पराले यसलाई निर्देशित गरेको बताइन्छ। यसअनुसार कार्तिक ३० गते आइतबारका दिन सूर्योदय बिहान ६:२६ बजे हुँदा औँशी तिथि रहने हुनाले यस परम्पराअनुसार औँशी तिथिलाई दिनभर रहेको मानेर लक्ष्मीपूजाका दिन र रातका सबै कार्य यही दिन गरिन्छ।
यसरी फरक-फरक दिन मनाइनुलाई देश, कालअनुसार परम्पराको स्वाभाविक भिन्नता मानेर पर्व मनाउनु उचित हुन्छ। स्थान र समुदायविशेषको परम्पराले निर्देश गरेको यस्तो रीतिथितिको पनि मानवशास्त्रीय दृष्टिकोणले महत्त्व हुन्छ नै। तिहार पारिवारिक तथा सामाजिक सम्बन्ध सुमधुर गर्ने पर्व पनि हो, यसमा तिथि विवादले कुनै विखण्डन नआओस्। अस्तु।
हेर्नुहोस्-
रात्रिकालीन औँसीमै लक्ष्मीपूजा गर्नुपर्छ भन्ने शास्त्रीय प्रमाण
कागजमा देवीदेवता उतार्ने चेतकुमारीको कला (फोटो फिचर)
तिहारको व्यापार : महामारीले माग घटेसँगै भाइ मसला प्रतिकिलो ५०० सम्म सस्तियो (मूल्य सूचीसहित)
यसरी बन्दै छ तिहारलाई लाखमरी (फोटो फिचर)
झिलिमिलि तिहार : यसरी बन्दै छ भक्तपुरे पाला (फोटो फिचर)
मंसिर २ गते पनि सार्वजनिक बिदा
" />काठमाडौँ। गत वर्षझैँ यस वर्ष पनि तिहार पर्वमा तिथि विवाद भएसँगै कार्तिक कृष्ण औँशीका दिन मनाइने लक्ष्मीपूजा फरक-फरक दिन मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत गरिएको पात्रोलाई नै मानी प्रायः समूहले आज शनिबार लक्ष्मीपूजा मनाउँदै छन्। तर केही समुदायले भने परम्पराअनुसार भोलि आइतबारका दिन मात्र लक्ष्मीपूजा मनाउने भएका छन्।

">