फुङ्लिङ। ताप्लेजुङको फक्तालुङ गाउँपालिका-७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाइँदै आएको फुटुक पर्व यो वर्षसमेत धूमधामका साथ मनाउन थालेका छन्।

परापूर्वकालदेखि ताप्लेजुङको आलाङचुङगोलामा मात्र वालुङ समुदायले मनाइँदै आएको पर्व यो वर्षमा विदेशी पाहुना आउन सकेनन्। कृष्ण पक्षको द्वितीयादेखि शुरु हुने पर्व औँसीका दिन सकिने गर्छ।

पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिसहरू जम्मा हुने गरेका छन्। एक दिन हिँडेर लुङथुङ, लेलेप, सेकाथुम साथै अन्य गाउँबाट पर्व मनाउन ओलाङचुङगोला पुगेको प्रेम शेर्पाले जानकारी दिएका छन्।

पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेका छन्। पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ। साथै आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुनेछ। यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने वालुङ जातिहरूको विश्वास छ। समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन्।

यस्तै, लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गरेका छन्। लामाको नृत्य हेर्न साथै भगवानको आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बानजिकै पाल टाँगेर बस्छन्।

गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष पनि रोकिएको छैन। फुटुकमा नयाँ कपडा फेर्ने, मीठोमसिनो बनाएर खाने प्रचलन छ।

अघिल्ला वर्षमा फुटुक पर्वका समयमा सीमावर्ती चीनको तिब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउने गरेका थिए। तर यस वर्ष भने कोरोनाका कारणले त्यहाँका वासिन्दाहरू आउन सकेनन्।

ओलाङ्चुङगोलामा ४०० वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बा रहेको छ। निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई वर्षेनि विशेष रूपमा मनाइँदै आएको हो। चीन र नेपालको सिमानानजिकै रहेको ओलाङचुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ।

ऐतिहासिक महत्त्व भएको तथा नेपालकै ओलाङ्चुङगोलामा मात्र यो वर्ष मनाउने भएकाले फुटुक पर्वलाई संरक्षण र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटन विकास र प्रवर्द्धन गर्नका लागि फक्ताङलिङ गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताएका छन्। यस गाउँमा ५६ घरधुरी रहेका छन् भने नजिकैको बस्ती याङ्मामा ११ घरपरिवार छन्। यो गाउँ सदरमुकामबाट सवारी साधनमा र हिँडेर गरी दुई दिनको समयमा पुगिन्छ।

रासस

" /> फुङ्लिङ। ताप्लेजुङको फक्तालुङ गाउँपालिका-७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाइँदै आएको फुटुक पर्व यो वर्षसमेत धूमधामका साथ मनाउन थालेका छन्।

"> देव नृत्यका साथ फुटुक पर्व मनाइँदै, कोरोनाका कारण भारत र चीनबाट भक्तजन आउन सकेनन्: Dekhapadhi
देव नृत्यका साथ फुटुक पर्व मनाइँदै, कोरोनाका कारण भारत र चीनबाट भक्तजन आउन सकेनन्

प्रतिक्रिया दिनुहोस्