आज थप २,१११ मा कोरोना सङ्क्रमण देखियो
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा २,१११ जनामा कोरोना सङ्क्रमण देखिएको छ। थपिएका सङ्क्रमितमध्ये ८५४ जना महिला र १२५७ जना पुरुष रहेका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६ हजार ३५३ पुगेको छ।</p>
<p style="text-align: justify;">आज जम्मा ९,५३३ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।</p>