देउखुरी। लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन बोलपत्र आह्वान भएको छ। ‘ट्रमा’ बिरामीको उपचार हुने सुविधा सम्पन्न अस्पताल नहुँदा भएको अप्ठेरो अन्त्य गर्न लमही नगरपालिका-१ मा ट्रमा सेन्टर बनाउने विषय टुङ्गोमा पुगेको छ।
दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा परेको ट्रमा सेन्टर बनाउने योजनाले मूर्तरुप लिएको छ। ४० करोड रुपैयाँको लागतमा सो सेन्टर बनाउन सहरी विकास तथा भवन कार्यालय दाङले बोलपत्र आह्वान गरेको छ। चार तल्लाको भवनमा आकष्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना गरिने कक्ष हुने ६ महिनाभित्र पूर्वाधार खडा गर्ने र जतिसक्यो छिटो काम अगाडि बढ्ने छ।
“देउखुरीबासीले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको अप्ठेरोको अन्त्य गर्न, विभिन्न दुर्घटनामा परेर मृत्युको मुखमा पुगेकालाई नयाँ जीवन दिन ट्रमा सेन्टरको आवश्यकता परेको हो,” प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भने, “पूर्वपश्चिम राजमार्ग धेरै दुर्घटना हुने सडकभित्र पर्छ। प्रदेशको स्थायी राजधानीको टुङ्गो लागेसँगै यसको महत्त्व झन् बढेर गएकाले देउखुरीमा राख्ने सहमति भएको हो। यसले सिङ्गो प्रदेशका नागरिकलाई नयाँ जीवन दिनका लागि भूमिका खेल्ने छ।”
लुम्बिनी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना र सामाजिक विकासमन्त्री एवं सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुखलगायत यसमा भूमिका रहेको जनाइएको छ।
कस्ता बिरामीको उपचार हुन्छ
ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेलाई नयाँ जीवन दिने ठाउँ हो। सामान्यतया सवारी दुर्घटना, रुखबाट खसेर चोटपटक लाग्दा, माटाको ढिस्कामा पुरिएर घाइते भएका र आकष्मिक रुपमा हुने दुर्घटनाका बिरामीको उपचारका लागि ट्रमा सेन्टर आवश्यक पर्छ।
राजमार्गमा हुने सवारी दुर्घटनामा परेर घाइते भएकाहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अब हट्ने बताइएको छ। रासस
" /> देउखुरी। लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन बोलपत्र आह्वान भएको छ। ‘ट्रमा’ बिरामीको उपचार हुने सुविधा सम्पन्न अस्पताल नहुँदा भएको अप्ठेरो अन्त्य गर्न लमही नगरपालिका-१ मा ट्रमा सेन्टर बनाउने विषय टुङ्गोमा पुगेको छ।दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा परेको ट्रमा सेन्टर बनाउने योजनाले मूर्तरुप लिएको छ। ४० करोड रुपैयाँको लागतमा सो सेन्टर बनाउन सहरी विकास तथा भवन कार्यालय दाङले बोलपत्र आह्वान गरेको छ। चार तल्लाको भवनमा आकष्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना गरिने कक्ष हुने ६ महिनाभित्र पूर्वाधार खडा गर्ने र जतिसक्यो छिटो काम अगाडि बढ्ने छ।

">