आज काग तिहार, कागकाे पूजा गरिँदै
काठमाडौं। आज काग तिहार, कागकाे पूजा गरेर मनाइँदैछ।

धार्मिक मान्यता अनुसार कागलाई यमराजको सन्देशवाहकको रुपमा लिई पूजा गरेर चोखो खानेकुरा दिने गरिन्छ।

कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ।

काग अर्थात् सन्देश प्रवाहक प्राणी, काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रूपमा नेपाली समाजमा लिने चलन अझै छ।

यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो खान दिई खुसी पार्ने गरिएको धार्मिक विश्ववास रहेकाे छ।

आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिले पनि रहेको छ।

तर, काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ।

कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ।

पाँच दिनसम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ। काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ।

प्रतिक्रिया दिनुहोस्