आज १९ सय १३ जना कोरोना संक्रमित थपिए, २३ सय ४९ जनाले जिते कोरोना

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १९ सय १३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार, नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख चार हजार २४२ पुगेको छ।

त्यस्तै, आज २३ सय ४९ जना कोरोना संक्रमित निको भएका छन्। यससँगै कोरोना निको हुनेहरूको संख्या एक लाख ६४ हजार ५९२ पुगेको छ।

आज कोरोना संक्रमणबाट १५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।