काठमाडौं। पछिल्ला दिन कोरोना भाइरसको संक्रमण भारत, युरोप, अमेरिका लगायतका देशमा पुनः तीव्र रूपमा बढेको छ।
युरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरू भएको भन्दै नियन्त्रणका लागि केही देशहरूले लकडाउनको घोषणा गरिसकेका छन्।
सन् २०१९ डिसेम्वर अन्तिम साता पहिलो पटक चिनको हुबेई प्रान्तको वुहानमा देखिएको कोरोना भाइरस हालसम्म विश्वका २१६ देश तथा क्षेत्रमा फैलिसकेको छ। विश्वमा कोरोनाबाट ५ करोड २४ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने यसले करिब १३ लाख मानिसको ज्यान लिइसकेको छ।
विश्वका १० देशमा त कोरोना भाइरस संक्रमितको संख्या दश–दश लाख नाघिसकेको छ। कुन् हुन् त ती दश देश जहाँ दश लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित छन् ?
वल्डोमिटर्सको तथ्याङ्क अनुसार अमेरिका, भारत, ब्राजिल, फ्रान्स, रूस, स्पेन, अर्जेन्टिना, बेलायत, कोलम्बिया र इटाली प्रत्येक देशमा संक्रमितको संख्या १० लाखभन्दा बढी रहेको छ। दश लाखभन्दा बढी संक्रमित रहेका विश्वका १० देशमा पाँच देश युरोप, तीन देश दक्षिण अमेरिका र एक–एक देश उत्तर अमेरिका र एसियाका रहेका छन्।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिका एक करोडभन्दा बढी संक्रमित हुने विश्वको एक मात्र राष्ट्र हो। अमेरिकामा हालसम्म १ करोड ७ लाख ८ हजार ६३० जनामा कोरोना संक्रमण भएको छ। कोरोनाका कारण अमेरिकामा दुई लाख ४७ हजार ३९७ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्ला प्रत्येक दिन अमेरिकामा एक लाखभन्दा बढी नयाँ संक्रमित थपिदै आएका छन्।
विश्वमा दोस्रो ठूलो संख्यामा संक्रमित छिमेकी देश भारतमा रहेका छन्। भारतमा संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ पुगेको छ। भारतमा संक्रमितमध्ये एक लाख २८ हजार १६५ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरस संक्रमितको तेस्रो ठूलो संख्या ब्राजिलमा रहेको छ। ब्राजिलमा कोरोना संक्रमित ५७ लाख ४९ हजार ७ रहेका छन् भने मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४०६ रहेको छ।
संक्रमितको चौथौ ठूलो संख्या फ्रान्समा रहेको छ। फ्रान्समा हालसम्म १८ लाख ६५ हजार ५३८ जनामा संक्रमण पुष्टी भएको छ। फ्रान्समा कोरोनाका कारण ४२ हजार ५३५ जनाले ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको पाँचौ ठूलो संख्या रूसमा छ। रूसमा हालसम्म १८ लाख ३६ हजार ९६० जनामा संक्रमण देखिएको छ भने ३१ हजार ५९३ जनाको मृत्यु भएको छ।
छैठौं नम्बरमा रहेको स्पेनमा १४ लाख ६३ हजार ९३ जना कोरोना संक्रमित रहेका छन्। कोरोनाका कारण स्पेनमा हालसम्म ४० हजार १०५ जनाको मृत्यु भइसकेको छ।
संक्रमितको सातौं ठूलो संख्या अर्जेन्टिनामा रहेका छन्। अर्जेन्टिनामा हालसम्म १२ लाख ७३ हजार ३५६ जनामा संक्रमण पुष्टी भएको भने ३४ हजार ५३१ जनाको मृत्यु भएको छ।
बेलायतमा कोरोना संक्रमितको आठौं ठूलो संख्या रहेको छ। बेलायतमा १२ लाख ५६ हजार ७२५ जना संक्रमित रहेका छन्। कोरोनाका कारण बेलायतमा हालसम्म ५० हजार ३६५ जनाले ज्यान गुमाइसकेका छन्।
नवौं नम्बरमा रहेको कोलम्बियामा कोरोना संक्रमितको संख्या ११ लाख ६५ हजार ३२६ जना पुगेको छ। कोलम्बियामा ३३ हजार ३१२ जनाको मृत्युको कारण कोरोना बनेको छ।
कोरोना भाइरस संक्रमितको १०औं ठूलो संख्या इटालीमा छ। इटालीमा हालसम्म १० लाख २८ हजार ४२४ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ। कोरोनाका कारण इटालीमा ४२ हजार ९५३ जनाले ज्यान गुमाइसकेका छन्।
" /> काठमाडौं। पछिल्ला दिन कोरोना भाइरसको संक्रमण भारत, युरोप, अमेरिका लगायतका देशमा पुनः तीव्र रूपमा बढेको छ।युरोपमा कोरोना भाइरसको दोस्रो लहर सुरू भएको भन्दै नियन्त्रणका लागि केही देशहरूले लकडाउनको घोषणा गरिसकेका छन्।

">