काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट चलचित्र 'बजरंगी भाइजान' का एक कलाकारको मृत्यु भएको छ।
सलमान खानको चलचित्रमा अभिनय गरेका कलाकार हरीश बन्चटाको मृत्यु भएको हो। सामान्य ज्वरो तथा रूघाखोकी लागेर उपचार गराइरहेका उनको मृत्यु भएको हो।
उपचारका लागि विभिन्न प्रयास गर्दा गर्दै पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन्। उनको निधन हुनुभन्दा एक दिन पहिला उनकी आमाको निधन भएको थियो। लगातार दुई जनाको निधन भएपछि परिवार शोकमा डुबेको छ। हरीशको एक छोरी छिन्। उनी कक्षा ९ मा पढ्छिन्।
४८ वर्षीय हरीश विगत १८ वर्षदेखि बलिउडमा काम गर्दै आएका थिए। करिअरको सुरूवात धारावाहिक नाटकमार्फत गरेका उनी पछिल्लो समय विभिन्न चलचित्रसँगै क्राइम पेट्रोलमा पनि काम गरेका थिए।
सन् २०१५ मा उनले कबीर खान निर्देशित चलचित्र बजरंगी भाइजानमा काम गर्ने मौका मिलेको थियो। उक्त चलचित्रमा उनले पाकिस्तानी प्रहरी अधिकारीको भूमिका निभाएका थिए।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट चलचित्र 'बजरंगी भाइजान' का एक कलाकारको मृत्यु भएको छ।सलमान खानको चलचित्रमा अभिनय गरेका कलाकार हरीश बन्चटाको मृत्यु भएको हो। सामान्य ज्वरो तथा रूघाखोकी लागेर उपचार गराइरहेका उनको मृत्यु भएको हो।

">