एजेन्सी। बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रियाल मड्रिडका स्टार इडेन हाजार्ड कोरोना भाइरस संक्रमणका कारण आसन्न अन्तर्राष्ट्रिय खेलहरुका लागि उपस्थित नहुने विषय आफ्ना लागि दूर्भाग्यपूर्ण रहेको बताएका छन्।

कोरोना भाइरस संक्रमणका कारण हाजार्डले आज राति स्विट्जरल्यान्डविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका साथै त्यसको चार दिनपछि नेशन्स लिगअन्तर्गत इङल्यान्डसँग हुने खेल पनि गुमाउने भएका छन्। स्पेनिस ला लिगाअन्तर्गतको खेलमा आइतबार भ्यालेन्सियासँग ४-१ को नतिजामा पराजित हुनुभन्दा केही समयअघि २९ वर्षे फरवार्ड हाजार्डमा संक्रमण पुष्टि भएको थियो।

गत वर्ष जुनमा चेल्सीबाट १० करोड युरोमा रियाल मड्रिड सरुवा भएयता हाजार्डले सबै खाले प्रतियोगितामा गरी टोलीका लागि २५ खेलमात्र खेलेका छन्। यस क्रममा उनले दुई गोल गर्नुका साथै चार गोलका लागि अवसर सिर्जना गरेका थिए। स्टामफोर्ड ब्रिज छोड्नुअघिको पछिल्लो सिजनमा उनले इङलिस प्रिमियर लिगमा मात्र चेल्सीका लागि १६ गोल गर्नुका साथै १५ गोलको अवसर सिर्जना गरेका थिए।

स्पेनिस राजधानीको क्लबमा पुगेपछि लगातार चोट तथा कमजोर फिटनेसका कारण अपेक्षित प्रदर्शनबाट चुकिरहेका हाजार्डको पछिल्लो समस्या झनै निराशाजनक भएको बेल्जियमका प्रशिक्षकको बुझाइ छ।

“पछिल्ला तीन खेलमा क्लबका लागि इडेनले खेल्दा पक्कै पनि हामी सबैजना खुसी थियौँ। गोल गर्न सक्दा उनमा झन् बेग्लै आत्मविश्वास देखिएको थियो, जुन हाम्रा लागि पनि उत्साहजनक थियो,” मार्टिनेजले पत्रकारहरुसँग भने, “हामी इडेनलाई राष्ट्रिय टिममा पनि त्यही आत्मविश्वासका साथ पाउने आशामा थियौं। तर दूर्भाग्यजनक रुपमा कोरोना संक्रमणले हामी सबैलाई निराश पारेको छ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)को मापदण्डअनुसार हाजार्ड घरमै आइसोलेसनमा बसेको र आफै अभ्यास गरिरहेको कारण उनको फिटनेसमा समस्या नआउने मार्टिनेजले विश्वास व्यक्त गरेका छन्। हाजार्डलाई संक्रमण पुष्टि भए पनि कुनै लक्षण नदेखिएका कारण संक्रमण मुक्त हुनेबित्तिकै उनी मैदानमा फर्किने मार्टिनेजले आशा गरे।

" /> एजेन्सी। बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रियाल मड्रिडका स्टार इडेन हाजार्ड कोरोना भाइरस संक्रमणका कारण आसन्न अन्तर्राष्ट्रिय खेलहरुका लागि उपस्थित नहुने विषय आफ्ना लागि दूर्भाग्यपूर्ण रहेको बताएका छन्।

कोरोना भाइरस संक्रमणका कारण हाजार्डले आज राति स्विट्जरल्यान्डविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका साथै त्यसको चार दिनपछि नेशन्स लिगअन्तर्गत इङल्यान्डसँग हुने खेल पनि गुमाउने भएका छन्। स्पेनिस ला लिगाअन्तर्गतको खेलमा आइतबार भ्यालेन्सियासँग ४-१ को नतिजामा पराजित हुनुभन्दा केही समयअघि २९ वर्षे फरवार्ड हाजार्डमा संक्रमण पुष्टि भएको थियो।

गत वर्ष जुनमा चेल्सीबाट १० करोड युरोमा रियाल मड्रिड सरुवा भएयता हाजार्डले सबै खाले प्रतियोगितामा गरी टोलीका लागि २५ खेलमात्र खेलेका छन्। यस क्रममा उनले दुई गोल गर्नुका साथै चार गोलका लागि अवसर सिर्जना गरेका थिए। स्टामफोर्ड ब्रिज छोड्नुअघिको पछिल्लो सिजनमा उनले इङलिस प्रिमियर लिगमा मात्र चेल्सीका लागि १६ गोल गर्नुका साथै १५ गोलको अवसर सिर्जना गरेका थिए।

स्पेनिस राजधानीको क्लबमा पुगेपछि लगातार चोट तथा कमजोर फिटनेसका कारण अपेक्षित प्रदर्शनबाट चुकिरहेका हाजार्डको पछिल्लो समस्या झनै निराशाजनक भएको बेल्जियमका प्रशिक्षकको बुझाइ छ।

“पछिल्ला तीन खेलमा क्लबका लागि इडेनले खेल्दा पक्कै पनि हामी सबैजना खुसी थियौँ। गोल गर्न सक्दा उनमा झन् बेग्लै आत्मविश्वास देखिएको थियो, जुन हाम्रा लागि पनि उत्साहजनक थियो,” मार्टिनेजले पत्रकारहरुसँग भने, “हामी इडेनलाई राष्ट्रिय टिममा पनि त्यही आत्मविश्वासका साथ पाउने आशामा थियौं। तर दूर्भाग्यजनक रुपमा कोरोना संक्रमणले हामी सबैलाई निराश पारेको छ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)को मापदण्डअनुसार हाजार्ड घरमै आइसोलेसनमा बसेको र आफै अभ्यास गरिरहेको कारण उनको फिटनेसमा समस्या नआउने मार्टिनेजले विश्वास व्यक्त गरेका छन्। हाजार्डलाई संक्रमण पुष्टि भए पनि कुनै लक्षण नदेखिएका कारण संक्रमण मुक्त हुनेबित्तिकै उनी मैदानमा फर्किने मार्टिनेजले आशा गरे।

"> हाजार्डलाई कोरोना संक्रमण हुनु दुर्भाग्यजनक : बेल्जियमका प्रशिक्षक मार्टिनेज: Dekhapadhi लगातार चोट तथा फिट्नेसको समस्याका कारण रियाल मड्रिडमा हाजार्डको प्रदर्शन अपेक्षाअनुसार छैन।
• पछिल्ला तीन खेलमा रियालका लागि मैदान उत्रिनुका साथै गोल गरेपछि बेल्जियन राष्ट्रिय टिम उत्साहित थियो।
• कोरोना संक्रमणका कारण हाजार्डले स्विट्जरल्यान्डविरुद्धको मैत्रीपूर्ण तथा इङल्यान्डसँगको प्रतिस्पर्धात्मक खेल गुमाउनेछन्।

हाजार्डलाई कोरोना संक्रमण हुनु दुर्भाग्यजनक : बेल्जियमका प्रशिक्षक मार्टिनेज
एजेन्सी। बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रियाल मड्रिडका स्टार इडेन हाजार्ड कोरोना भाइरस संक्रमणका कारण आसन्न अन्तर्राष्ट्रिय खेलहरुका लागि उपस्थित नहुने विषय आफ्ना लागि दूर्भाग्यपूर्ण रहेको बताएका छन्।

कोरोना भाइरस संक्रमणका कारण हाजार्डले आज राति स्विट्जरल्यान्डविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका साथै त्यसको चार दिनपछि नेशन्स लिगअन्तर्गत इङल्यान्डसँग हुने खेल पनि गुमाउने भएका छन्। स्पेनिस ला लिगाअन्तर्गतको खेलमा आइतबार भ्यालेन्सियासँग ४-१ को नतिजामा पराजित हुनुभन्दा केही समयअघि २९ वर्षे फरवार्ड हाजार्डमा संक्रमण पुष्टि भएको थियो।

गत वर्ष जुनमा चेल्सीबाट १० करोड युरोमा रियाल मड्रिड सरुवा भएयता हाजार्डले सबै खाले प्रतियोगितामा गरी टोलीका लागि २५ खेलमात्र खेलेका छन्। यस क्रममा उनले दुई गोल गर्नुका साथै चार गोलका लागि अवसर सिर्जना गरेका थिए। स्टामफोर्ड ब्रिज छोड्नुअघिको पछिल्लो सिजनमा उनले इङलिस प्रिमियर लिगमा मात्र चेल्सीका लागि १६ गोल गर्नुका साथै १५ गोलको अवसर सिर्जना गरेका थिए।

स्पेनिस राजधानीको क्लबमा पुगेपछि लगातार चोट तथा कमजोर फिटनेसका कारण अपेक्षित प्रदर्शनबाट चुकिरहेका हाजार्डको पछिल्लो समस्या झनै निराशाजनक भएको बेल्जियमका प्रशिक्षकको बुझाइ छ।

“पछिल्ला तीन खेलमा क्लबका लागि इडेनले खेल्दा पक्कै पनि हामी सबैजना खुसी थियौँ। गोल गर्न सक्दा उनमा झन् बेग्लै आत्मविश्वास देखिएको थियो, जुन हाम्रा लागि पनि उत्साहजनक थियो,” मार्टिनेजले पत्रकारहरुसँग भने, “हामी इडेनलाई राष्ट्रिय टिममा पनि त्यही आत्मविश्वासका साथ पाउने आशामा थियौं। तर दूर्भाग्यजनक रुपमा कोरोना संक्रमणले हामी सबैलाई निराश पारेको छ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)को मापदण्डअनुसार हाजार्ड घरमै आइसोलेसनमा बसेको र आफै अभ्यास गरिरहेको कारण उनको फिटनेसमा समस्या नआउने मार्टिनेजले विश्वास व्यक्त गरेका छन्। हाजार्डलाई संक्रमण पुष्टि भए पनि कुनै लक्षण नदेखिएका कारण संक्रमण मुक्त हुनेबित्तिकै उनी मैदानमा फर्किने मार्टिनेजले आशा गरे।

प्रतिक्रिया दिनुहोस्