मनाङ। विश्वभर फैलिएको कोरोना भाइरसले देशका सबै जिल्ला प्रभवित भएका छन्।
हिमालपारिको जिल्ला मनाङ पनि यसमा अछुतो रहेन। पछिल्लो समय कोरोनामुक्त भएको यस जिल्ला जोखिममुक्त भने भएको छैन।
चिसो बढ्दै जाँदा कोरोना जोखिम नहोला भन्न सकिँदैन। सरकारले सबै स्थानीय तहमा आइसोलेसनको व्यवस्था गरे पनि वातावरण अनुकूलको आइसोलेसन कक्ष सञ्चालन भने हुन सकेको छैन।
मनाङ जिल्लाभर १९ वटा आइसोलेसन कक्ष निर्माण भएका छन्। चिसो बढेसँगै यस अगाडिका आइसोलेसन कक्ष उपयोग नहुने जिल्ला स्वास्थ्य प्रमुख बद्री आचार्यले बताए।
“कोरोना चिसोमा अझै सक्रिय हुने हुँदा हाल जिल्लामा निर्माण भएका आइसोलेसन कक्ष टेन्टमा छन्, सहज मानिसलाई त कठिन हुन्छ तर बिरामीलाई टेन्टमा राख्दा कस्तो होला ?,” उनले भने।
चाडपर्वका बेला बाहिरी जिल्लाबाट यहाँ घुम्न आउने पर्यटकको चाप बढ्ने हुँदा जोखिमको सम्भावना बढ्न सक्छ।
त्यसैले पर्यटकको आकर्षण केन्द्र रहेको मनाङका तिलिचो ताल र थोरङ्ला भञ्ज्याङलगायतका ठाउँमा आन्तरिक पर्यटक आवतजावत हुन थालेपछि जोखिम बढ्न सक्छ। त्यसो त जोखिम न्यूनीकरण गर्न मनाङ प्रवेश गर्नका लागि स्थानीयवासी र कर्मचारीबाहेकलाई ७२ घण्टाको नेगेटिभ पीसीआर रिपोर्ट अनिवार्य गरेको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए। उनका अनुसार स्थानीय तहसँगको सहमतिमा जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो।
चिसो बढेसँगै जिल्ला बाहिर जाने मनाङका मानिस यसपटक भने कमैले मात्र जिल्ला छोड्ने भएका छन्। जाडो छल्नका लागि काठमाडाैं, पोखरालगायतका ठाउँमा जाने गरे पनि कोरोना माहमारीका कारण कोरोना सर्ने डरले जिल्लामा नै बस्ने उनीहरुको भनाइ छ।
“बरु चिसोमा घरभित्र आगो तापौँला, न्यानो कपडाले जाडो छेकौँला, बाहिर गएर कोरोना लाग्यो भने केले छेक्ने ?”, ७६ वर्षका यङदुङ गुरुङ भने, “हामीलाइ हाम्रै ठाउँ प्यारो छ, यहाँ चिसो वातावरणलाई उपयुक्त स्वास्थ्य सुविधा होस्, रोग लागे पनि परिवारसँगै बस्न पाइन्छ।” जिल्लामा आवश्यक पर्ने यहाँको वातावरणअनुसारको आइसोलेसनको व्यवस्था बनाउन सबैले पहल गर्नुपर्ने उनको भनाइ छ।
जिल्लाभर एउटा मात्र सामुदायिक अस्पताल रहेको यस जिल्लामा दरबन्दीअनुसार स्वास्थ्य कर्मचारी अझै छैनन्। बिरामीको चाप बढे वातावरणअनुसारको आइसोलेसन निर्माण गर्न नसक्ने हो भने थप जोखिम हुनसक्ने सर्वसाधारण बताउँछन्। रासस
" /> मनाङ। विश्वभर फैलिएको कोरोना भाइरसले देशका सबै जिल्ला प्रभवित भएका छन्।हिमालपारिको जिल्ला मनाङ पनि यसमा अछुतो रहेन। पछिल्लो समय कोरोनामुक्त भएको यस जिल्ला जोखिममुक्त भने भएको छैन।

">