विश्वमा कोभिड-१९ : एकैदिन ९ हजार बढी संक्रमितको मृत्यु
काठमाडौं।  विश्वमा काेराेना भाइरस संक्रमित र मृत्यु हुने संख्या दैनिक बढ्दै गइरहेकाे छ।

हाल विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १७ लाख ९० हजार १८८ पुगेको छ।

पछिल्लो २४ घण्टामा पाँच लाख ३५ हजार ५३३ नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १२ लाख ७८ हजार ४५० पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार १०२ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड ६३ लाख ६२ हजार ८९६ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ४१ लाख ४८ हजार ८४२ छ। त्यसमध्ये ९४ हजार ६१३ जना गम्भीर अवस्थाका छन्।

प्रतिक्रिया दिनुहोस्