ब्राजिलमा चिनियाँ कोरोना भ्याक्सिनको तेस्रो चरणको परीक्षण स्थगित
काठमाडाैं। ब्राजिलको राष्ट्रिय स्वास्थ्य निगरानी एजेन्सी (अन्भिसा)ले त्यहाँ परिक्षण भइरहेको चिनियाँ कोरोना भ्याक्सिनको तेस्रो चरणको परिक्षण स्थगित गरेको छ।

एक प्रयोगकर्तामा नराम्रो असर गरेपछि चीनको कोरोनाभ्याक खोपको परिक्षण स्थगित गरेको हो।

अमेरिकी औषधी निर्माता फाइजरले सोमबार आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी भएको घोषण गरे लगत्तै ब्राजिलमा चिनियाँ खोपको परिक्षण स्थगित गरिएको हो।

कोरोनाभ्याक चीनको सिनोभ्याक बायोटेक कम्पनीले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप हो। यो खोप तेस्रो चरणको परिक्षणमा रहेको थियो। ब्राजिलियन बुटान्टन इन्स्टीच्युटसँग मिलेर चिनियाँ कम्पनीले साओ पाओलोमा परिक्षण गरिरहेको थियो।
परिक्षण स्थगित गर्ने निर्णयले कोरोना भ्याक्सीन बनाउने चिनको योजनामा धक्का लागेको जनाइएको छ।

परिक्षण स्थगित गरेसँग अब चिनियाँ खोप ब्राजिलका कुनै पनि व्यक्तिमा प्रयोग गर्न पाइने छैन। खोपमा देखिएका समस्याहरुको पहिचान गरेपछि पुनः परिक्षणमा जान सकिने जनाइएको छ। सीएनएन

प्रतिक्रिया दिनुहोस्