भौतिक पूर्वाधारमन्त्री नेम्वाङ कोरोना संक्रमणमुक्त
<p style="text-align: justify;">काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ कोरोना संक्रमणमुक्त भएका छन्। </p>
<p style="text-align: justify;">सोमबार भएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको प्रेस संयोजक सन्दीप राईले बताए। गत कात्तिक ३ गते मन्त्री नेम्वाङमा कोरोना संक्रमण देखिएको थियो।</p>
<p style="text-align: justify;">त्यसपछि आइसोलेसनमा बसेका थिए। त्यहीँबाट उनले मन्त्रालयको काम गर्दै आएका थिए। </p>
<p style="text-align: justify;">कोरोना संक्रमण देखिएपछि उनले गृह जिल्ला पाँचथर जाने कार्यक्रम रद्द गरेका थिए।</p>