अमेरिकामा दैनिक एक लाख बढी संक्रमित थपिँदै

काठमाडौं। संयुक्त राज्य अमेरिकामा दैनिक काेराेना संक्रमितको संख्या बढ्दै गएको छ।

केही दिनअघिसम्म ४०–५० हजारकाे हाराहारीमा दैनिक संक्रमित थपिन्थे भने अहिले एक लाखमाथि संक्रमित दैनिक थपिने क्रम जारी छ।

पछिल्लो २४ घण्टामा पनि एक लाख २० हजार ३५६ जना नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनका कारण पनि दैनिक संक्रमितको संख्या बढेको बताइन्छ।

त्यहाँ कुल संक्रमित संख्या एक करोड चार लाख १६ हजार ६२३ पुगेको छ।

कुल मृत्यु संख्या दुई लाख ४४ हजार ४२४ पुगेको छ। पछिल्लो २४ घण्टामा ६१७ संक्रमितको मृत्यु भएको वर्ल्डाेमिटर्सले जनाएको छ।

अमेरिकामा संक्रमणमुक्त हुने संख्या ६५ लाख ३८ हजार ७७१, सक्रिय संक्रमित ३६ लाख ३३ हजार ४२८ र गम्भीर अवस्थाका संक्रमितको संख्या १८ हजार ६१० छ।

प्रतिक्रिया दिनुहोस्