विश्वमा कोभिड-१९: तीन करोड ६० लाख संक्रमणमुक्त

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १२ लाख २७ हजार ९७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा चार लाख ७६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या १२ लाख ६८ हजार ८८१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ७४१ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड ६० लाख ३१ हजार ९४४ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड ३९ लाख २७ हजार १५४ छ। त्यसमध्ये ९३ हजार ५२४ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या एक करोड १२ लाख २७ हजार ९७९ पुगेको छ।

भारतमा संक्रमितको संख्या ८५ लाख ९१ हजार ७५ पुगेको छ भने ब्राजिलमा ५६ लाख ७५ हजार ७६६ छ।

प्रतिक्रिया दिनुहोस्