चितवन। कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ। एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन्।

देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन आग्रह गरिरहे पनि त्यसको बेवास्ता गर्दै आफू र स्थानीयवासीलाई जोखिममा पारेर मलामी आउने गरेका हुन्। समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शनिबार एकै दिन २० वटा शव अन्त्येष्टिका लागि ल्याइएको थियो। उनका अनुसार “दिउँसो २ बजेतिर शव लैजाँदै गर्दा किनारमा ट्राफिक जामसमेत भएको थियो।”

मलामीको सङ्ख्या अत्यधिक बढेपछि स्वयं सहभागी र स्थानीयवासीसहित अन्य पनि त्रसित भएको उनको भनाइ छ। पौडेल बताउँछन्, “हामीले निरन्तर सूचना जारी गरेर कम मलामी ल्याउन आग्रह गरिरहेका छौंँ, तर कसैले पनि टेरेको देखिएन।”

मलामी दुःखमा सहभागी हुन जाने मानवीय संवेदनासँग जोडिएको विषय भएकाले रोकतोक र कारवाही व्यावहारिक नहुने भन्दै उनले स्वयं मलामीमा जानेहरूले यो कुरा बुझ्नुपर्ने बताए।

देवघाटमा वृद्धवृद्धा, अशक्त, अपाङ्गजस्ता कोरोनाको अति जोखिममा परेका व्यक्तिको बसोबास रहेको क्षेत्र भएकाले सकभर कमभन्दा कम मलामी आएर सहयोग गरिदिन आग्रह गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरे बताउँछन्। उनका अनुसार दाहसंस्कार क्षेत्रमा निरन्तर माइकिङ गरिएको छ। सामाजिक सञ्जाललगायत माध्यमको प्रयोग गरी सूचनासमेत जारी भइरहेको छ।

धेरै मलामी जाने र उनीहरू देवघाटको पुल, वृद्धाश्रम क्षेत्र, मठमन्दिर, पार्कमा घुमफिर गर्ने हुँदा जोखिम बढेको उनको भनाइ छ। घिमिरे बताउँछन्, “यो मानवीय संवेदनासँग जोडिएको विषय भएकाले कानूनी कारवाहीभन्दा पनि स्वयंले विवेक पुर्‍याउनुपर्ने विषय हो।”

निमित्त प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पटकपटक सूचना जारी गरेर अनुरोध गर्ने काम भइरहेको बताएका छन्। स्थानीय प्रशासनले छिट्टै मलामी जानेकाहरूका लागि मात्रै नयाँ नियम लागू गराउने उनले जानकारी दिए। अन्तिम श्रद्धाञ्जलीमा सहभागी हुन धेरैलाई चाहना हुने भए पनि अहिलेको परिस्थितिलाई बुझेर सहभागी भइदिनुपर्ने शर्माको भनाइ छ।

देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित छिमेकी जिल्लाबाट अन्त्येष्टिका लागि शव ल्याउने गरिन्छ। देवघाटमा अन्त्येष्टि गरिएमा मोक्षप्राप्ति हुने धार्मिक विश्वास छ।

रासस

" /> चितवन। कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ। एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन्।

"> कोरोना महामारीबीच देवघाटमा मलामीमा भीडभाड: Dekhapadhi
कोरोना महामारीबीच देवघाटमा मलामीमा भीडभाड

प्रतिक्रिया दिनुहोस्