कार्यालय प्रमुखलाई काेराेना संक्रमण पुष्टि भएपछि सिन्धुपाल्चाेककाे मालपोत कार्यालय बन्द

सिन्धुपाल्चाेक। मालपोत कार्यालय, चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ।

कार्यालयले सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो।

कार्यालयका निमित्त कार्यालय प्रमुख गोवर्द्धन ढकालद्वारा जारी विज्ञप्तिमा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ।

जिल्ला प्रशासनमा पनि आलोपालो

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले समेत आलोपालो सेवा दिने भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सूचनानुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन्। रासस

प्रतिक्रिया दिनुहोस्