काठमाडौं। भारत सरकारले नेपाललाई २८ वटा आईसीयू भेन्टिलेटर उपहारस्वरूप प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज एक कार्यक्रमबीच ती आईसीयू भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।
कोभिड-१९ महामारीविरुद्धको लडाइँमा नेपाल सरकारलाई थप सहयोग गर्ने उद्देश्यले आईसीयू भेन्टिलेटर उपलब्ध गराइएको काठमाडौंस्थित भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
“यसअघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री, जेठ ४ गते कोभिड-१९ परीक्षण कीट (आरटी-पीसीआर), साउन २५ गते आईसीयू भेन्टिलेटर र भदाै ३० गते रेमडिसिभिर औषधि प्रदान गरिसकेको छ,” दूतावासको विज्ञप्तिमा भनिएको छ।
आईसीयू भेन्टिलेटर हस्तान्तरण समारोहमा बोल्दै राजदूत क्वात्राले कोभिड-१९ महामारीविरुद्धको लडाइँमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटुट साथ रहेको बताएका थिए। यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेकोसमेत उनले बताए।
" /> काठमाडौं। भारत सरकारले नेपाललाई २८ वटा आईसीयू भेन्टिलेटर उपहारस्वरूप प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज एक कार्यक्रमबीच ती आईसीयू भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।कोभिड-१९ महामारीविरुद्धको लडाइँमा नेपाल सरकारलाई थप सहयोग गर्ने उद्देश्यले आईसीयू भेन्टिलेटर उपलब्ध गराइएको काठमाडौंस्थित भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

">