काठमाडौं। कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय आठ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ।
आज देशभर १२ हजार ३ सय ११ जनाको परीक्षण गर्दा सबैभन्दा धेरै काठमाडौंमा संक्रमित भेटिएका छन्।
काठमाडौंमा एक हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ गरी उपत्यकामा एक हजार ५ सय ३३ जनामा कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा २८ सय १२ जना संक्रमणमुक्त भएका छन्।
नेपालभर अहिलेसम्म एक लाख ९४ हजार ४ सय ५३ जना कोरोनाबाट संक्रमित भएका छन्।