काठमाडौं। विश्वभर कोरोना संक्रमित हुने नेपालीको संख्या दुई लाख ३५ हजार ७४९ पुगेकाे छ। संक्रमित नेपालीमध्ये हालसम्म एक हजार ३७२ जनाको मृत्यु भइसकेको छ।
नेपालसहित विश्वका ४५ देशमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये नेपालसहित १९ देशमा संक्रमित नेपालीको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा मात्र एक लाख ९१ हजार ६३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। नेपालभित्र हालसम्म एक हजार ८७ जना संक्रमितको मृत्यु भइसकेको छ।
नेपालभित्र रहेका संक्रमितमध्ये एक लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भइसकेका छन्। नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८१ प्रतिशत रहेको छ।
हाल नेपालमा भित्र उपचारत संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ। नेपालमा शनिबारसम्म कोरोना भाइरस संक्रमणको आशंकामा १५ लाख २७ हजार ७६६ जनाको पीसीआर तथा आरडीटी परीक्षण गरिएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार नेपाल बाहेक विश्वका ४४ देशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये १८ देशमा २८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्।
यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपाली कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा संक्रमण देखिएको छ।
विदेशमा रहेका संक्रमित नेपालीमध्ये ४० हजार ७२८ जना अर्थात् ९२ प्रतिशत कोरोनामुक्त भएका छन्। यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप एकजना नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।
एनआरएनएले दियो १० हजार किट स्वास्थ्य सामग्री
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ।
करिब एक करोड २० लाख रूपैयाँ मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत साता हस्तान्तरण गरेका हुन्।
" /> काठमाडौं। विश्वभर कोरोना संक्रमित हुने नेपालीको संख्या दुई लाख ३५ हजार ७४९ पुगेकाे छ। संक्रमित नेपालीमध्ये हालसम्म एक हजार ३७२ जनाको मृत्यु भइसकेको छ।नेपालसहित विश्वका ४५ देशमा रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये नेपालसहित १९ देशमा संक्रमित नेपालीको मृत्यु भएको छ।

">