काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या पाँच करोड नाघेको छ।
गत २४ घण्टाभित्र पाँच लाख ८७ हजार ८५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कूल संक्रमित संख्या पाँच करोड नाघेको हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड दुई लाख ३७ हजार १४७ र मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ५३७ पुगेको छ। गत २४ घण्टामा सात हजार ३४५ जनाको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख १९ हजार १४५ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार २१ जनाले ज्यान गुमाएका हुन्।
फ्रान्समा ८६ हजार ८५२ नयाँ संक्रमित थपिएका छन् भने ३०४जनाको मृत्यु भएको छ।
भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ३१८ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५५७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३९ हजार ८११, पोल्यान्डमा २७ हजार ८७५, बेलायतमा २४ हजार ९५७, ब्राजिलमा २१ हजार ५६, रसियामा २० हजार ३९६, जर्मनीमा १७ हजार ११९, कोलम्बियामा आठ हजार ७१४ तथा इरानमा नौ हजार ४५० जना नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरस संक्रमितको संख्या पाँच करोड नाघेको छ।गत २४ घण्टाभित्र पाँच लाख ८७ हजार ८५२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएसँगै कूल संक्रमित संख्या पाँच करोड नाघेको हो।

">