काठमाडाैं उपत्यकामा एक हजार ५१२ जना कोरोना सङ्क्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख पुग्न आँटेको छ।</p>
<p style="text-align: justify;">गत २४ घण्टामा थपिएका दुई हजार ७५३ जना नयाँ सङ्क्रमितसँगै कूल १ लाख ९१ हजार ६३६ जनामा सङक्रमण पुष्टि भइसकेको छ।</p>
<p style="text-align: justify;">त्यस्तै डर लाग्दो गरी राजधानीमा फैलिएको कोरोना भाइरसबाट गत २४ घण्टामा थप एक हजार ५१२ जना सङ्क्रमित भएका छन्।</p>
<p style="text-align: justify;">यसरी सङ्क्रमित हुनेमा काठमाडौंका एक हजार २९४, ललितपुरका १४१ र भक्तपुरका ७७ जना छन्।</p>