कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ लाख ५५ हजार ११४ पुग्यो
<p>काठमाडौं। नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या १ लाख ५५ हजार ११४ पुगेको छ।</p>
<p>स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार गत २४ घण्टामा मात्रै दुई हजार २०६ जनाले कोरोना भाइरसलाई जितेका छन्।</p>
<p>हालसम्म नेपालमा १ लाख ९१ हजार ६३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ। उनीहरूमध्ये एक हजार ८७ जनाको मृत्यु भएको छ भने अहिले ३५ हजार ४३५ जना सक्रिय सङ्क्रमित छन्।</p>
<p>पछिल्लो २४ घण्टामा दुई हजार ७५३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १७ जनाको मृत्यु भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
