काठमाडौं। काठमाडौंको ‘कोर–सिटी’ मा अवस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौं महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ।
२०१३ सालमा स्थापना भई ‘कोर–सिटी’ का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
काठमाडौं महानगरपालिकाका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डाक्टर अध्यक्ष मनोजमान श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौतापत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र ‘कोर–सिटी’ का करिब तीन सय नागरिकलाई नि:शुल्क दैनिक सेवा प्रवाह गर्दै आएको चिकित्सालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताए।
'‘जनस्तरमा खुलेको र जनताकै सेवामा समर्पित चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ शाक्यले भने, ‘‘थप सेवा प्रवाह र चिकित्सालयको उन्नतिका लागि जनताको पनि अपनत्व महशुस गराउन जनसहभागिताबाट समेत सहयोग रकम जुटाउनुहोला। थप आर्थिक सहयोगका लागि काठमाडौं महानगरपालिका तयार छ।’’
प्रमुख शाक्यले चिकित्सालयको थप नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा रु पाँच करोड बजेट विनियोजन गरेको स्मरण गराए।
‘‘काठमाडौं महानगरपालिका क्षेत्र भित्र ठूला-ठूला राष्ट्रियस्तरका अस्पताल छन्। ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन्,’’ शाक्यले भने, ''तर, यो ‘कोर–सिटी’ मा अवस्थित चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका छन्। महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुन्छ। तपाईँहरुले पनि त्यो महशुस हुने गरी काम गर्नुहोला। सहयोग गर्न महानगरपालिका तयार छ।’’
" /> काठमाडौं। काठमाडौंको ‘कोर–सिटी’ मा अवस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौं महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ।२०१३ सालमा स्थापना भई ‘कोर–सिटी’ का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

">