चितवन। भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड-१९ को उपचारका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ।
चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६०० डलर (९ लाख रूपैयाँ) बराबरको कोभिड-१९ को उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो।
मेडिकल प्रोटेक्टिभ मास्कलगायत आवश्यक स्वास्थ्य सामग्री चीनको सिपिङ सिटी सर्भिसले उपलब्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ।
भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री चीनबाट प्राप्त भएको जानकारी दिइन्।
उनले प्राप्त स्वास्थ्य सामग्री आवश्यकताअनुसार महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थालाई वितरण गरिने बताइन्।
उनले यसअघि पनि चीनबाट विभिन्न स्वास्थ्य सामग्री आएको जानकारी गराउँदै भनिन्, “कोभिडको महामारीको बेला स्वास्थ्य सामग्री सहयोगले जनस्तरमै सुमधुर सम्बन्ध कायम भएको छ।”
भरतपुर महानगर र चीनको गुर्मु सिटीबीच भगिनी सम्बन्ध कायम भएको छ। रासस
" /> चितवन। भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड-१९ को उपचारका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ।चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६०० डलर (९ लाख रूपैयाँ) बराबरको कोभिड-१९ को उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको हो।

">