काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार २५ जनाले ज्यान गुमाउन पुगेका छन्।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शनिबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ४७ हजार ९४४ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५१ प्रतिशत हो। हालसम्म विश्वभर चार करोड ९६ लाख ४२ हजार ८६८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
कूल संक्रमितमध्ये ७०.९९ प्रतिशत अर्थात् तीन करोड ५२ लाख ३९ हजार २७९ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ३१ लाख ५४ हजार ७८१ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ४२ हजार १७६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप एक हजार १९४ जनाको मृत्यु भएको छ।
त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६२ हजार ३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।
कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख २५ हजार ६०५ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।
कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९३ हजार ७७२, बेलायतमा ४८ हजार ४७५, इटलीमा ४० हजार ६३८, फ्रान्समा ३९ हजार ८६५, स्पेनमा ३८ हजार ८३३, इरानमा ३७ हजार ४०९, पेरूमा ३४ हजार ७८३, कोलम्बियामा ३२ हजार ४०५, अर्जेन्टिनामा ३३ हजार १३६ तथा रसियामा २९ हजार ८८७ जनाको मृत्यु भएको तथ्यांक छ।
" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र विश्वमा थप नौ हजार २५ जनाले ज्यान गुमाउन पुगेका छन्।वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (शनिबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ४७ हजार ९४४ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.५१ प्रतिशत हो। हालसम्म विश्वभर चार करोड ९६ लाख ४२ हजार ८६८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

">