काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजार थान एन्टीजेन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।
करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई आज हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरेका छन्। कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पु¥याएको भन्दै मन्त्री रावतले बताए।
सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्बन्धी सामग्री सहयोग गरेको उल्लेख गरेका थिए।
करिब एक करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति केसीले आभार व्यक्त गरेका छन्।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता व्यक्त गरेका छन्। थापाले यसअघि जापान सरकारले गरेको प्रतिबद्धता अनुसार थप स्वास्थ्य सम्बन्धी सामग्री नेपाल भित्राउन पहल गरिने जानकारी दिए। यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो।

सामग्री हस्तान्तरण कार्यक्रममा स्वस्थ्य सेवा विभागका कार्यकारी निर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानालगायतको उपस्थिती थियो।
गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
संघले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब २५ सय स्वयसेवक परिचालन गर्दै कोभिड पीडित नेपालीहरुलाई सहयोग गरेको थियो। यस्तै संघले कोभिड विरुद्धको लड्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति समेत गठन गरेको छ।
" /> काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जापानबाट प्राप्त १० हजार थान एन्टीजेन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई आज हस्तान्तरण गरेका हुन्।

">