काठमाडौं। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका लेखा अधिकृत राजाराम इटनीको उपचारको क्रममा ज्यान गयो। एक्कासि श्वासप्रश्वास समस्या आएपछि उनलाई शिक्षण अस्पताल नै लगिएको थियो।
बेहोस अवस्थामै अस्पताल पुर्याइएका उनलाई आईसीयूमा राखेर अक्सिजन दिनुपर्ने थियो। तर, अस्पतालमा आईसीयू बेड खाली थिएन। त्यसपछि उनलाई अर्को अस्पताल लगियो। तर, त्यही उनले अन्तिम श्वास फेरे। ५२ वर्षीय इटनीको जीवन गुम्यो।
आईसीयूमा राखेर उपचार गर्नुपर्ने बिरामी, त्यसमाथि उनी सोही अस्पतालका कर्मचारी पनि हुन्। तर, उनैले उपचारको लागि बेड पाएनन्।
अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार तत्काल आईसीयू बेड नभए पनि इमर्जेन्सीमा अस्थायी भेन्टिलेटरको सहायतामा उपचार थालिएको थियो। तर, परिवारले करूणा अस्पतालमा लगे। जहाँ उनको निधन भयो।
निर्देशक काफ्लेले भने अहिलेको अवस्था सामान्यतया बेड खाली नहुने तर, व्यवस्थापन गर्न भने सकिने बताए। “अहिलेको अवस्थामा सामान्यतया बेड खाली हुँदैनन्। तर, अलि राम्रो सुधार भएका बिरामीलाई अक्सिजनमा राखेर नयाँ बिरामीलाई बेड व्यवस्थापन गर्ने गरेका छौं,” निर्देशक काफ्लेले भने।
अहिले ४२८ जना आईसीयूमा र ७४ जना भेन्टिलेटरमा कोरोना संक्रमित बिरामी छन्। अझै ५३१ आईसीयू र २२२ भेन्टिलेटर खाली छन्।
गत भदौ १७ गते रूपन्देही सैनामैना नगरपालिका-११ की ७७ वर्षीया वृद्धालाई स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगियो। उनलाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो। तर, अस्पतालका आईसीयू र भेन्टिलेटर खाली थिएनन्। त्यसपछि उनलाई कामचलाउ तरिकाले उपचार थालियो। आईसीयूको अभावमा उनले भोलिपल्ट ज्यान गुमाइन्।
यी दुई त केवल प्रतिनिधि घटना मात्र हुन्। हिजोआज कोरोना संक्रमितहरूले आईसीयू तथा भेन्टिलेटरको अभावमा ज्यान गुमाउन बाध्य भइरहेका छन्। तर, आईसीयू बेड र भेन्टिलेटरको अभाव भएर उनीहरूले ज्यान गुमाउन बाध्य भएका भने होइनन्।
सरकारी तथ्यांक हेर्दा अझै पनि देशभर भएका कुल बेडमध्ये आधाभन्दा बढी आईसीयू र भेन्टिलेटर खाली छन्। त्यसको सही तरिकाले व्यवस्थापन नहुँदा यस्तो समस्या देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर ९५९ बेड आईसीयू र २९६ बेड भेन्टिलेटर छन्। अहिले ४२८ जना आईसीयूमा र ७४ जना भेन्टिलेटरमा कोरोना संक्रमित बिरामी छन्।
अझै ५३१ आईसीयू र २२२ भेन्टिलेटर खाली छन्। सरकारले कोरोना महामारीको सुरूआतसँगै आईसीयू र भेन्टिलेटर थप गरेको थियो। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले अहिले देशभर पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर रहेको बताए।
“कहीँ कतै अभाव भएको छ भने त्यो जानकारी दिएको खण्डमा थप व्यवस्था गरिनेछ। नत्र अहिले बिरामीको चापका आधारमा आईसीयू र भेन्टिलेटर पर्याप्त मात्रामा छन्,” प्रवक्ता प्रा. डा. गौतमले भने।
बिरामीको बढी चाप भएको क्षेत्रमा आईसीयू र भेन्टिलेटरको अभाव छ भने कुनै क्षेत्रमा आईसीयू प्रयोगमा आउन सकेका छैनन्। सरकारले थप आइसोलेसन सेन्टरसँगै आईसीयू तथा भेन्टिलेटरको व्यवस्था गर्न लागेको प्रवक्ता गौतमको भनाइ छ।
" /> काठमाडौं। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका लेखा अधिकृत राजाराम इटनीको उपचारको क्रममा ज्यान गयो। एक्कासि श्वासप्रश्वास समस्या आएपछि उनलाई शिक्षण अस्पताल नै लगिएको थियो।बेहोस अवस्थामै अस्पताल पुर्याइएका उनलाई आईसीयूमा राखेर अक्सिजन दिनुपर्ने थियो। तर, अस्पतालमा आईसीयू बेड खाली थिएन। त्यसपछि उनलाई अर्को अस्पताल लगियो। तर, त्यही उनले अन्तिम श्वास फेरे। ५२ वर्षीय इटनीको जीवन गुम्यो।

">