काठमाडौं। विश्व महामारी कोरोनाबाट मुक्त हुने बिरामीको संख्या तुलनात्मक रुपमा भारतमा अधिक रहेको पाइएको छ। कोरोनाका कुल संक्रमितमध्ये आधा संख्या भारत, अमेरिका र ब्राजिलमा छन्। अहिले निको हुने क्रममा सबैभन्दा अगाडि भारत, ब्राजिल र तेस्रोमा अमेरिका रहेको छ।
यी तीन देशमा अहिलेसम्म संक्रमितको संख्या दुई करोड ३३ लाख ८४ हजार १९३ पुगेको छ भने निको हुने एक करोड ६४ लाख ७८ हजार १६७ रहेका छन्। यी मुलुकमा यो संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख १८ हजार ३८० रहेको छ।
संसारभर संक्रमितको संख्या पाँच करोड नजिक पुगिसकेको छ। करिब सवा १२ लाखले ज्यान गुमाइसकेका छन्। यो महामारीबाट हालसम्म करिब सवा तीन करोडले मुक्ति पाएका छन्।
महामारीबाट सबैभन्दा बढी पीडित देश अमेरिका हो। त्यहाँ करिब ९४ लाख मानिसलाई यो संक्रमणले गाँजेको छ। अमेरिकामा यो रोगबाट दुई लाख ३३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। भारतमा पछिल्लो २४ घण्टामा करिब ५० हजारमा संक्रमण देखिएको छ र संक्रमितको संख्या ८३ लाख नाघेको छ।
भाइरसलाई जित्नेको संख्या ७८ लाख पुग्नै लागेको छ। अब भारतमा सक्रिय संक्रमितको संख्या सवा पाँच लाखको हाराहारीमा सीमित हुन पुगेको छ। मर्नेको संख्या सवा एक लाखजति रहेको छ।
संक्रमितको मामिलामा ब्राजिल तेस्रो स्थानमा छ। त्यहाँ करिब ५६ लाख संक्रमित छन् भने एक लाख ६० हजारभन्दा बढीले ज्यान गुमाए। कोरोना जित्नेको संख्या करिब ५१ लाख रहेको छ।
रुसमा संक्रमित १७ लाख हाराहारी छन्। करिब २९ हजारले ज्यान गुमाइसकेका छन्। फ्रान्समा करिब १६ लाख संक्रमित छन् भने ३८ हजारजतिको ज्यान गएको छ।
नेपालमा संक्रमितको संख्या एक लाख ८६ हजार नजिक पुगेको छ। यो महामारीका कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघिसकेको छ। यसलाई जित्नेको संख्या करिब डेढ लाख रहेको छ।
" /> काठमाडौं। विश्व महामारी कोरोनाबाट मुक्त हुने बिरामीको संख्या तुलनात्मक रुपमा भारतमा अधिक रहेको पाइएको छ। कोरोनाका कुल संक्रमितमध्ये आधा संख्या भारत, अमेरिका र ब्राजिलमा छन्। अहिले निको हुने क्रममा सबैभन्दा अगाडि भारत, ब्राजिल र तेस्रोमा अमेरिका रहेको छ।यी तीन देशमा अहिलेसम्म संक्रमितको संख्या दुई करोड ३३ लाख ८४ हजार १९३ पुगेको छ भने निको हुने एक करोड ६४ लाख ७८ हजार १६७ रहेका छन्। यी मुलुकमा यो संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच लाख १८ हजार ३८० रहेको छ।

">