कोरोना संक्रमणबाट आज १८ जनाको मृत्यु

काठमाडौं। कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, अहिलेसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ।

कोरोना संक्रमणबाट हिजो एकै दिनमा ३० जनाको मृत्यु भएको थियो।

पछिल्ला २४ घन्टामा देशभरमा ३०५१ जनामा कोरोना संक्रमण भएको छ। त्यसमध्ये सबैभन्दा धेरै बागमित प्रदेशमा संक्रमित भेटिएका छन्।