पाँचथर। समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै पाँचथरको फिदिम नगरपालिकाले १५ दिन फिदिम बजारमा बन्दाबन्दी गरेको छ।
फिदिम बजार जिल्लाको सदरमुकाम पनि हो। नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङका अनुसार बन्दाबन्दीको समयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
फैलिरहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि नगरपालिकाको आकस्मिक बैठकले १५ दिनसम्म बजार क्षेत्रको सम्पूर्ण व्यवसायदेखि यातायात सेवा बन्द गर्ने निर्णय गरिएको बताए।
सूचना जारी गर्दै उनले बिहीबार (आज) राति १२ बजेदेखि उक्त निर्णय कार्यान्वयन हुने बताए। कोरोना संक्रमण पोजिटिभ देखिएका व्यक्ति र तिनको सम्पर्कमा आएका व्यक्ति तथा परिवारले आ–आफ्नो घरमा स्वअनुशासित÷संयमित भइ घर एकान्तवास बस्नुपर्ने सूचनामा उल्लेख छ।
सरकारी संयन्त्रबाट समय समयमा तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरू र बन्दाबन्दी उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पनि जनाएको छ।
केही दिन अगाडि बजार क्षेत्रका १४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।
" /> पाँचथर। समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै पाँचथरको फिदिम नगरपालिकाले १५ दिन फिदिम बजारमा बन्दाबन्दी गरेको छ।फिदिम बजार जिल्लाको सदरमुकाम पनि हो। नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङका अनुसार बन्दाबन्दीको समयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

">