गैर आवासीय नेपाली संंघले एक करोड २० लाख लागतको एन्टिजेन किट सरकारलाई दिने <p>काठमाडौं। गैर आवासीय नेपाली संघ कोरोना संक्रमण परिक्षणमा प्रयोग हुने एन्टिजेन किट नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गर्ने भएको छ।&nbsp;</p> <p>संघले भोलि नेपाल सरकारलाई एक करोड २० लाख मूल्य बराबरको १० हजार एन्टिेजेन किट सरकारलाई दिन लागेको बताएको छ।</p> <p>यो सहयोगले कोरोना महामारीको दोस्रो लहर रोक्न सहयोग पुग्ने विश्वास गैरआवासीय नेपाली संघले लिएको छ।</p> <p>यस अघि पनि संघले कोरोना महामारीसँग जुध्नको लागि आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्