काेभिड-१९ पुष्टि भएकी पूर्वसभामुख महराकी पत्नीकाे निधन

काठमाडौं। पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको आज बिहान निधन भएको छ।

उनको उपचारका क्रममा नर्भिक अस्पतालमा बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

निमोनियाको उपचार गर्ने क्रममा उनलाई कोरोना संक्रमण पनि देखिएको थियो।

सीताको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

दाङस्थित गोर्खा अस्पतालमा उपचाररत उनकाे श्वासप्रश्वासमा समस्या देखिएपछि गत शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्