काठमाडौं। गत २४ घण्टामा विश्वभर ३ लाख ४१ हजार ६१२ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।
यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ४३ लाख २६ हजार ५८ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.७७ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ७८ लाख २७ हजार ३०९ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड २२ लाख ८१ हजार ६४८ रहेको छ।
नेपालमा मंगलबार थप तीन हजार १४२ सहित कूल एक लाख ४१ हजार १३४ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३७ हजार ४७६ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७६ लाख ५४ हजार ५४० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख ३४ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६२ लाख ३२ हजार ७०९ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३२ लाख १८ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ५० लाख २८ हजार २१६ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या तीन लाख ७८ हजार ३६२ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १२ लाख ५१ हजार ३६४, कोलम्बियामा नौ लाख ९३ हजार ८७७, पेरूमा आठ लाख ३२ हजार ९२९, अर्जेन्टिनामा १० लाख नौ हजार २७८, दक्षिण अफ्रिकामा ६ लाख ५९ हजार २५९, मेक्सिकोमा ६ लाख ८७ हजार ४२०, इरानमा चार लाख ९५ हजार ४७३, जर्मनीमा तीन लाख ७१ हजार ५०० तथा इटलीमा तीन लाख दुई हजार २७५ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।
" /> काठमाडौं। गत २४ घण्टामा विश्वभर ३ लाख ४१ हजार ६१२ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ४३ लाख २६ हजार ५८ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.७७ प्रतिशत हो।

">