काठमाडौं। गत २४ घण्टामा विश्वभर दुई लाख ४३ हजार १०७ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।
यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ३९ लाख ८४ हजार ४६६ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.८६ प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ७२ लाख ८७ हजार ४५५ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड २० लाख ९२ हजार ५९५ रहेको छ।
नेपालमा साेमबार थप तीन हजार १५० सहित कूल एक लाख ३७ हजार ९९२ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३७ हजार ५२४ रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७६ लाख एक हजार ४२९ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख ४२ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६१ लाख ५४ हजार ९७५ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३१ लाख ६५ हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ४९ लाख ८० हजार ९४२ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख १३ हजार ११ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा १२ लाख ३६ हजार ३३, कोलम्बियामा नौ लाख ८५ हजार ७९६, पेरूमा आठ लाख ३० हजार ६१२, अर्जेन्टिनामा नौ लाख ८५ हजार ३१६, दक्षिण अफ्रिकामा ६ लाख ५७ हजार ५००, मेक्सिकोमा ६ लाख ८२ हजार ४४, इरानमा चार लाख ९१ हजार २४७, जर्मनीमा तीन लाख ६३ हजार १०० तथा इटलीमा दुई लाख ९६ हजार १७ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।
" /> काठमाडौं। गत २४ घण्टामा विश्वभर दुई लाख ४३ हजार १०७ संक्रमितले कोरोनालाई जितेका छन्। उनीहरू उपचारपछि कोरोनामुक्त भएका हुन्।यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ३९ लाख ८४ हजार ४६६ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७१.८६ प्रतिशत हो।

">