पोखरा। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२३ जना कोरोना सङ्क्रमित थपिएका छन्। थपिनेमा सबैभन्दा बढी कास्की जिल्लाका ७० जना छन्।
त्यस्तै गोरखाका ३३, तनहुका नौ, नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का छ, बाग्लुङको एक र लम्जुङ र स्याङजाका दुई-दुई जना छन्। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ८६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ७१ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ४०६ जना पुगेको छ।
प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ३७७ पुगेको निर्देशनालयले जनाएको छ।
" /> पोखरा। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२३ जना कोरोना सङ्क्रमित थपिएका छन्। थपिनेमा सबैभन्दा बढी कास्की जिल्लाका ७० जना छन्।त्यस्तै गोरखाका ३३, तनहुका नौ, नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का छ, बाग्लुङको एक र लम्जुङ र स्याङजाका दुई-दुई जना छन्। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ८६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

">