कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या १,३७,९९२ पुग्यो <p>काठमाडौं।&nbsp;विश्वलाई आतङ्कित बनाएको कोरोना भाइरसको महामारीबाट नेपालमा पनि हालसम्म १ लाख ७६ हजार ५०० जना सङ्क्रमित भइसकेका छन्।</p> <p>र, ती सङ्क्रमितमध्ये ९८४ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३७ हजार ९९२ जनाले कोरोनालाई पराजित पनि गरेका छन्।</p> <p>गत २४ घण्टामा मात्रै २९३३ जना नयाँ सङ्क्रमित थपिँदा ३१५० जना सङ्क्रमण मुक्त भए। यससँगै अहिले देशभर संस्थागत र होम आइसोलेसन तथा अस्पतालमा ३७ हजार ५२४ जना सक्रिय सङ्क्रमित छन्।</p>
प्रतिक्रिया दिनुहोस्