काठमाडौं। कोरोना संक्रमित बिरामीबाट धरौटी रकम लिने अस्पताललाई सरकारले स्पष्टीकरण सोधेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी लिने अस्पतालहरूलाई स्पष्टीकरण सोधेको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमित बिरामीलाई सक्नेले शुल्क तिर्ने तर, नसक्नेको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै धरौटी बुझाउनुपर्ने भन्दै सूचना जारी गरेका अस्पताललाई स्पष्टीकरण सोधिएको बताए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्ने क्रममा प्रवक्ता गौतमले सक्नेबाट मात्र शुल्क लिनुपर्ने तर, नसक्नेको राज्यले नै निःशुल्क उपचार गर्दै आएका बताए।
सरकारले कात्तिक ३ गतेदेखि निःशुल्क उपचार व्यवस्था हटाएको थियो। लक्षित वर्ग, अग्रपंक्तिमा खटिनेहरूका लागि मात्र निःशुल्क उपचार गर्ने र बाँकीले शुल्क तिर्नुपर्ने निर्णय गरेको थियो।
सोही निर्णयको आधारमा अस्पतालहरूले २० हजारदेखि दुई लाख रुपैयाँसम्म अग्रिम धरौटी लिँदै आएका छन्। त्यस्ता अस्पताललाई सरकारले स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नदिएको खण्डमा कारबाही गरिने प्रवक्ता गौतमले बताए।
" /> काठमाडौं। कोरोना संक्रमित बिरामीबाट धरौटी रकम लिने अस्पताललाई सरकारले स्पष्टीकरण सोधेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी लिने अस्पतालहरूलाई स्पष्टीकरण सोधेको हो।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमित बिरामीलाई सक्नेले शुल्क तिर्ने तर, नसक्नेको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै धरौटी बुझाउनुपर्ने भन्दै सूचना जारी गरेका अस्पताललाई स्पष्टीकरण सोधिएको बताए।

">