काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुले कोरोना संक्रमित बिरामीलाई धरौटी रकम बुझाउनुपर्ने जनाएको छ। कात्तिक १४ गतेदेखि लागू भएको शुल्क अनुसार अग्रिम धरौटी राक्न भनिएको हो।
अस्पतालले जारी गरेको सूचना अनुसार भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आइसियूमा भर्ना गर्न ५० हजार धरौटी बुझाउनु पर्नेछ। त्यसका लागि दैंनिक १५ हजार रूपैयाँ खर्च लाग्नेछ।
त्यस्तै भेन्टिलेटरबिनाको आईसीयू र क्याबिन आइसोलेसनमा भर्ना हुन परेमा ३० हजार धरौटी बुझाउनुपर्नेछ। त्यसको दैनिक खर्च भने सात हजार ५०० रुपैयाँ लाग्नेछ। मध्यम जटिल अवस्थाका बिरामीहरूका लागि ग्यास्ट्रो आइसोलेसनमा भर्ना गर्नु परेमा २० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ भने दैनिक तीन हजार ५०० रुपैयाँ खर्च लाग्नेछ।
गरिब, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र एकल महिलाको लागि भने छुट पाउने छन्। तयसका लागि अस्पतालका प्रमुख कन्सल्टेन्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था, औचित्य र आवश्यकताका आधारमा उपचारमा १० देखि शतप्रतिशत छुट दिइनेछ।
विपन्नका लागि गरिब परिचयपत्र तथा सम्बन्धित पालिकाको सिफारिस पत्र आवश्यक पर्नेछ। ज्येष्ठ नागरिकको हकमा ७० वर्षभन्दा माथिको हुनुपर्नेछ। अपाङ्गता भएका व्यक्तिले अपाङ्गता प्रमाणपत्र, अशक्त भएकाले अशक्तताको प्रमाणपत्र तथा एकल महिलाले एकल महिलाको प्रमाणपत्र आवश्यक पर्नेछ।
स्वास्थ्य मन्त्रालयका कात्तिक ३ गतेको निर्णय अनुसार अस्पतालले उक्त शुल्क तोकेको जनाएको छ।
यसैबीच अस्पतालको उक्त सूचना सार्वजनिक भएपछि चौतर्फी विरोध सुरु भएको छ। सामाजिक सञ्जालमा सरकार र अस्पतालको उक्त कदमको चर्को विरोध गर्दै निःशुल्क गर्न आह्वान गर्दै आएका छन्।