विश्वमा कोभिड-१९: मृत्यु हुनेको संख्या १२ लाख नजिक

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ६३ लाख ६७ हजार ४६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा चार लाख ७५ हजार १९६ नयाँ संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ९९ हजार ७२७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ४८८ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड ३४ लाख ७९ हजार २४७ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड १६ लाख ८८ हजार ४९४ छ। त्यसमध्ये ८४ हजार २२३ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ९४ लाख २ हजार ५९० पुगेको छ।

भारतमा संक्रमितको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको छ भने ब्राजिलमा ५५ लाख ३५ हजार ६०५ छ।

प्रतिक्रिया दिनुहोस्