काठमाडौँ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने काठमाडौँको हाँडीगाको चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ।

तीन नारायण एवं ‘कहीँ नभएको जात्रा’समेत भनिने जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौँ महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले बताएका छन्। जात्रा नगरिए पनि वार्षिक रूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गरिने जनाइएको छ।

चोकेट नारायण समेत भनिने चोक्काथु नारायणको नाममा गुठी जग्गासमेत राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो। गुठी संस्थानको लगतमा चोक्काथु नारायण एवं तीन नारायणका नाममा गुठी जग्गा राखिएको उल्लेख छ। मन्दिरको ढोकामा रहेको नेपाल भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा शुरु भएको हो।

चोक्काथुनाराणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ  एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहेका यज्ञनाथ आचार्य बताउँछन्।

जात्रा शुरु भएका सम्बन्धमा एउटा किंवदन्ती प्रचलित छ। जनश्रुतिअनुसार मध्यकालमा हाँडीगाउँमा दुई दिदीबहिनी थिए। दिदी भगवान्प्रति पूर्णरूपमा आस्था राख्थिन् भने बहिनी घमण्डी हुनुका साथ भगवान्प्रति पनि उनको आस्था थिएन। विवाहपछि दुवै दिदीबहिनी गर्भवती भए। दिदीले समयमै बच्चा जन्माइन् तर बहिनीको गर्भमा रहेको बच्चा १२ वर्षसम्म पनि जन्मिएन। त्यसपछि बहिनीले श्रीमान्सहित नारायणको आराधना गरिन्।

सपनामा बूढानीलकण्ठनजिकको पहाडमा रहेको नारायणको मूर्ति ल्याई उल्टो छाताकारका तीन खटको जात्रा चलाउनु तब तिमीहरूको उद्धार हुनेछ भन्ने आज्ञा भयो। गर्भमा रहेको बच्चा १२ वर्षसम्म नजन्मिएकोले दम्पतीले त्यसबेलाका राजा नरेन्द्र मल्लसँग गुहार मागे। राजआज्ञाबमोजिम तान्त्रिकहरू धिमे बाजा बजाई रङ्गीबिरङ्गी लुगा लगाएर बूढानीलकण्ठ नजिकको पहाडमा गए।

त्यहाँ पुगी मैनको फूल चढाई तान्त्रिकहरूले नारायणको आराधना गरे र चोक्काथु नारायण (तीन नारायण) जात्राको परम्परा चलाउने वचन दिए। नारायणलाई हाँडीगाउँ ल्याई यहाँका जनतालाई पर्ने दुःख तथा पीडालाई अन्त गर्न भनी चोक्काथु नारायण मन्दिर स्थापना गरे। यसै बेलादेखि जात्राको पनि शुरुआत भएको मानिन्छ।

मन्दिर स्थापना भएपछि प्रसव वेदनाको समयमा नारायणको मूर्तिमा तेल लगाउँदा वा जात्राको समयमा प्रयोग हुने मैनको फूल सिरानीमा राख्नाले वेदना कम हुने स्थानीयवासीको अनुभव छ। नारायणको शिरमा तेल खन्याउँदा दायाँतर्फबाट तेल खसे छोरा र बायाँतर्फबाट तेल खसे छोरीको जन्म हुन्छ भन्ने धारणा अहिले पनि रहेको सांस्कृतिक अन्वेषक आचार्य बताउँछन्।

नारायणको जात्रा कमलासनको तीन खट (बाबु, आमा, छोरा) बनाई खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाई गजुर घुसारेको स्थानमा पूजा गरिन्छ। देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो।

यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ। जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेकाले कोरोनाको महामारीका बेला सङ्क्रमण फैलन सक्ने खतराले यस वर्षको जात्रा स्थगन गरिएको वडा कार्यालयले जनाएको छ।

रासस

" /> काठमाडौँ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने काठमाडौँको हाँडीगाको चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ।

"> उपत्यकामा बढ्दो सङ्क्रमणबीच कहीँ नभएको हाँडीगाउँको जात्रा स्थगित, आवश्यक पूजा मात्र गरिने: Dekhapadhi
उपत्यकामा बढ्दो सङ्क्रमणबीच कहीँ नभएको हाँडीगाउँको जात्रा स्थगित, आवश्यक पूजा मात्र गरिने

प्रतिक्रिया दिनुहोस्