विश्वमा दैनिक पाँच लाख बढी संक्रमित थपिँदै

काठमाडौं। विश्वमा कोभिड-१९ को अवस्था झन् भन्दा झन् विकराल हुँदै गएको छ।

तीन दिनदेखि लगातार दैनिक पाँच लाखभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन्।

दुई दिनअघि पाँच लाख आठ हजार ३४५, त्यसपछि पाँच लाख ४८ हजार ८५६ नयाँ संक्रमित थपिएका थिए।

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च पाँच लाख ७१ हजार ५९९ नयाँ संक्रमित थपिएका छन्।

हाल विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ५८ लाख ९० हजार २५७ पुगेको छ।

वर्ल्डोमिटर्सका अनुसार विश्वमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार २०० पुगेको छ।

पछिल्लो २४ घण्टामा सात हजार ४७३ संक्रमितको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म तीन करोड ३२ लाख ३७ हजार ११३ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या एक करोड १४ लाख ५९ हजार ९४४ छ। त्यसमध्ये ८३ हजार १९१ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ९३ लाख १४ हजार ३१२ पुगेको छ।

भारतमा संक्रमितको संख्या ८१ लाख ३६ हजार १६६ पुगेको छ भने ब्राजिलमा ५५ लाख १९ हजार ५२८ छ।

प्रतिक्रिया दिनुहोस्