काठमाडौँ। आश्विन महिनाको पूर्णिमा यस वर्ष भोलि शनिबार परेको छ। भोलि बिहान ६:१५ मा सूर्योदय हुँदा चन्द्रमानअनुसार पूर्णिमा तिथि रहने भएकोले सो दिन पूर्णिमा तिथि उल्लेख गरिएको हो।
तर पूर्णिमा तिथि एक दिनअघि अर्थात् आज शुक्रबार नै लागिसक्छ। आज शुक्रबार बिहान ६:१४ सूर्योदय हुँदा चन्द्रमानअनुसार चतुर्दशी तिथि रहेको छ। तर चतुर्दशी तिथि आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५:२५ सम्म मात्र रहन्छ। त्यसपछि चन्द्रमानअनुसार पूर्णिमा तिथि लाग्छ।
सरल भाषामा भन्नुपर्दा आज शुक्रबार बेलुकी ५:२५ पछि सुरु हुने पूर्णिमा भोलि शनिबार बेलुकी ७:४३ बजेसम्म रहेको छ।
| गते | बार | तिथि | बजेसम्म | सूर्योदय | तारिख | चाडपर्व |
| १४ | शुक्र | १४ | १७:२५ | ६:१४ | 30 | अखिलबलिपूर्ति, सिंघया, कोजाग्रतव्रत |
| १५ | शनि | १५ | १९:४३ | ६:१५ | 31 | पूर्णिमाव्रत, कार्तिकस्नान, आकाशदीपदानारम्भ (यःसि मत बिइगु), कतिःपुन्हि |
अब आऊँ पर्वतर्फ। आश्विन महिनाको शुक्ल पक्ष अर्थात् दुर्गा पक्षको पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनी मनाइन्छ। यसलाई अर्को शब्दमा शरद् पूर्णिमा पनि भनिन्छ। तर शुक्रबार र शनिबार पूर्णिमा तिथि रहँदा कुन दिन कोजाग्रत पूर्णिमा मनाउने त?
आश्विन महिनाको शुक्ल पक्ष अर्थात् दुर्गा पक्षको पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनी मनाइन्छ। तर शुक्रबार र शनिबार पूर्णिमा तिथि रहँदा कुन दिन कोजाग्रत पूर्णिमा मनाउने त?
पात्रोहरूमा पूर्णिमा शनिबार देखाइएको छ। त्यसैअनुसार यस आश्विन शुक्ल पूर्णिमासँग सम्बन्धित सबै कृत्यहरू (जस्तै– पूर्णिमाव्रत, कात्तिकस्नान, आकाशदीपदानारम्भ, नेवाः परम्पराअनुसार यःसिं मत बिइगु र कतिः पुन्हि) शनिबार नै देखाइएको छ। तर, कोजाग्रत व्रत भनी शुक्रबार देखाइएको छ र शनिबार पूर्णिमाव्रत, कतिपुन्हि देखाइएको छ।
के भन्छ पञ्चाङ्ग निर्णायक समिति?
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले राति पूर्णिमा तिथि भएकै समय महालक्ष्मीको पूजाआराधना गर्नुपर्ने बताउँछन्। यसरी रातभर पूर्णिमा तिथि हुने भनेको आज शुक्रबार नै हो।
यसै कारण महालक्ष्मीको व्रत बस्नेहरूले शुक्रबार यो पर्व मनाउनुपर्ने उनी तर्क गर्छन्।
यस पूर्णिमाका अवसरमा महालक्ष्मी सायंकालमा पृथ्वी भ्रमण गर्ने र रातभर को जाग्राम बसेको छ भन्दै हेरी यसरी जाग्राम गरी बस्ने व्रतालुको घरमा प्रवेश गर्ने धार्मिक कथन रहेको छ। यसै कथनअनुसार पनि महालक्ष्मीको व्रत रात्रिमा पूर्णिमा तिथि भएको बखत गर्नुपर्ने उनको राय छ।
तर यहाँ प्रश्न आउँछ, नेवाः परम्पराअनुसार कति पुन्हि चाहिँ किन शनिबार त? नेवाः समुदायमा पनि यही धार्मिक कथनअनुसार व्रत बसी जाग्रत रहने प्रचलन छ।
पूर्णिमा व्रत शनिबार देखाइएको बारे प्रा.डा. गौतम भने यो चन्द्रमासँग सम्बन्धित भएको बताउँछन्। यसअनुसार पूर्णिमाको व्रतका लागि भने सूर्योदयमा र सायंकाल दुवैमा पूर्णिमा तिथि आवश्यक हुन्छ।
यस्तो अवस्था भोलि शनिबारको दिन मात्र छ, जहाँ सूर्योदयमा ६:१५ बजे र बेलुकी ७:४३ सम्म पूर्णिमा तिथि रहन्छ। आज शुक्रबार भने सूर्योदयमा ६:१४ बजे चतुर्दशी तिथि रहेकोले यो चन्द्रमा पुजनसँग सम्बन्धित पूर्णिमा व्रत आज हुन सक्दैन।
लाग्दो तिथि, छोड्दो व्रत
शुद्ध तिथिअनुसार पूजाविशेष गर्ने एउटा मत होला, तर प्रायः नेपाली समाजमा लाग्दो तिथि र छोड्दा व्रत तथा पर्व भन्ने पनि चलन छ। यसअनुसार तिथि यसरी दुई दिनसम्म पर्ने खण्डमा सुरुका दिन तिथिकार्य अर्थात् श्राद्धादि कर्म गर्ने र भोलिपल्ट उत्सव कार्य गर्ने भन्ने परम्परा छ।
महालक्ष्मीको पूजाउपासना गर्ने कोजाग्रत पूर्णिमा उत्सवको कार्य हो। यस परम्पराअनुसार महालक्ष्मीको व्रतविशेष पनि भोलि शनिबार गर्नुपर्ने देखिन्छ। केही प्रमुख मठमन्दिरहरूमा पूर्णिमा विशेष कार्य पनि शनिबार गरिँदै छ। पशुपतिलगायत प्रमुख शिव मन्दिरहरूमा प्रत्येक पूर्णिमाका दिन गरिने पूजा पनि शनिबार नै गरिँदै छ।
जाग्राम बस्ने रात आज
“महालक्ष्मीको व्रतका लागि जाग्राम बस्ने रात आज हो,” ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशी भन्छन्। पूर्णिमा रातभर हुने दिन भएकोले यस पूर्णिमा आज शुक्रबारकै दिन मनाउनुपर्ने र शनिबार रातिभर पूर्णिमा नभएकोले यो भोलि मनाउन नहुने उनी बताउँछन्।
“कुन दिन कुन पर्व मनाउने भन्ने विशेष काल हुन्छ,” उनी भन्छन्। कोजाग्रत पूर्णिमाको आज रातभर व्रत बसी महालक्ष्मीको आराधना गर्ने र भोलि व्रत समापन गर्नुपर्ने उनको राय छ। पूर्णिमाका अन्य सबै धार्मिक कार्य भने भोलि शनिबार नै गर्नुपर्ने उनी बताउँछन्।
अर्को प्रश्न आउँछ, कोजाग्रत पूर्णिमा चाहिँ आज शुक्रबार अनि नेपाल भाषामा कति पुन्हि चाहिँ किन भोलिपल्ट शनिबार?
दैवज्ञ कीर्तिमदन जोशी उत्तर दिन्छन्, “कति पुन्हि भनेर कार्तिक महिनाको पूर्णिमा मात्र भनिएको हो र पूर्णिमा चाहिँ भोलि शनिबार नै हो।”
" /> काठमाडौँ। आश्विन महिनाको पूर्णिमा यस वर्ष भोलि शनिबार परेको छ। भोलि बिहान ६:१५ मा सूर्योदय हुँदा चन्द्रमानअनुसार पूर्णिमा तिथि रहने भएकोले सो दिन पूर्णिमा तिथि उल्लेख गरिएको हो।तर पूर्णिमा तिथि एक दिनअघि अर्थात् आज शुक्रबार नै लागिसक्छ। आज शुक्रबार बिहान ६:१४ सूर्योदय हुँदा चन्द्रमानअनुसार चतुर्दशी तिथि रहेको छ। तर चतुर्दशी तिथि आज २७ घडी ५८ पला अर्थात् बेलुकी ५:२५ सम्म मात्र रहन्छ। त्यसपछि चन्द्रमानअनुसार पूर्णिमा तिथि लाग्छ।

">