शुक्रबार एकै दिन ४०९६ जनाले कोरोनालाई जिते
<p>काठमाडौं। गत २४ घण्टामा ४ हजार ९६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन्।</p>
<p>स्वास्थ्य तथा जन सङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ।</p>
<p>नेपालमा हालसम्म १ लाख ६८ हजार २३५ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ। तीमध्ये ३८ हजार ३५७ जना अहिले सक्रिय सङ्क्रमित छन् भने ९२० जनाको मृत्यु भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
